महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकाले विश्व वातावरण दिवशमा सामुदायिक वन उपभोक्ता समुहहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।वेदकोट नगरपालिका वन, वातावरण तथा विपद व्यवस्थापन शाखाको आयोजना भएको उक्त कार्यक्रमको प्रमुख अतिथीमा वेदको नगरपालिकाका उपप्रमुख तुलसी जोशी रहनु भएको थियो, बिशिष्ट अतिथीमा डिभिजन बन कार्यालय कञ्चनपुरका प्रमुख रामविचारी ठाकुर रहनु भएको थियो ।

उक्त कार्यक्रममा वन व्यवस्थापन र सुशासनको सवाल, वन व्यवस्थापनको सवालमा स्थानिय सरकारको अवस्था,वन व्यवस्थापनमा स्थानिय तहको भुमिका, सामुदायिक वनका पदाधिकारीहरुको भुमिका लगायत विषयमा छलफल भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले सबैले वातावरणलाई स्वच्छ राख्न सरसफाईमा ध्यान दिने आफनो वरपर घरआँगन समुदायमा फोहरको उचित व्यवस्थापन हुनुपर्ने बताउनु भयो ।
आफनो आनीबानीमा परिवर्तन गरी जथाभावी फोहर नफाल्ने, वृक्षारोपण गर्ने बताउनु भयो । वनबाट आफुहरुले वन पैदावार मात्रै लिने नभएर वनको संरक्षण, वृक्षारोपण गर्नुपर्ने डिभिजन बन कार्यालय कञ्चनपुरका प्रमुख रामविचारी ठाकुरले बताउनु भयो ।
सहभागीहरुले वनको ऐन कानुन अति नै जटिल रहेको बताएका थिए । आफनै घरमा रहेको रुख ढल्ने अवस्थामा रहेको वा पछि गएर जोखिम हुने अवस्थामा पनि रुखलाई काट्न नपाईने कानुनले बढी पिडा दिएको सहभागीहरुले बताएका थिए ।
वेदकोट नगरपालिका वन, वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख सुनिल चन्दले सामुदायिक वनका पदाधिकारीहरु संग कसरी आगामी दिनमा मिलेर काम गर्न सकिन्छ, काम गर्दा आगामी रणनितीहरु के के हुन सक्छन भन्ने विषयमा रहेर अन्तरक्रियाको आयोजना गरिएको बताउनु भयो ।
सामुदायिक वनलार्य नै फाईदा हुने विषयवस्तुमा रहेर प्रस्तुतीहरु रहेको भएर उहाँहरुलाई आफनो क्षेत्रमा गएर काम गर्न पनि सहजता हुनेमा आफु विश्वस्त रहेको उहाँले बताउनु भयो ।
Comments are closed.