बाजुरको बाम्का बजारमा आगलागि हुदा करोडौ मुल्य बारावरको क्षति

महेन्द्रनगर । बाजुरको बांका बजारमा आगलागि हुदा करोडौ मुल्य बारावरको क्षति भएको छ । शुक्रबार दिउसो जिल्लाको बुढिंगा नगरपालिका वडा नं. ६ स्थीत बाम्का बजारमा भिषण आगलागि हुदा अढाई करोड बरावरको क्षति बभएको हो ।

बाजुराको बुढीगंगा नगरपालिकाका मेयर राम बहादुर बानियाँले वडा नम्बर ६ स्थित बाम्का बजारमा लागेको आगलागीबाट ४० वटा पसलहरू जलेको जानकारी गराएका छन् । उनका अनुसार बजारका ६०र७० पसल आगलागि भएर पूर्णरुपमा क्षति भएको छ ।

उनका अनुसार आगलागीबाट कुनै मानवीय क्षति भएको छैन । दमकल पालिकामा उपलब्ध नभएको पनि उनले बताए ।‘दमकल नभएर डोजर र पानीट्यांकरको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । नियन्त्रण हुन लागेको छ,’ उनले भने । बम्का बजारमा रहेको नवदुर्गा होटलमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय, बाजुराले जानकारी दिएको छ ।

सडकको एक साईडका सवै पसल जलेर नष्ट भएका छन् । आगलागि हुदा अढाई करोड बरावरको क्षति भएको हुन सक्ने अनुमान गरीएको छ ।जिल्ला प्रहरी कार्यालय बाजुरका अनुसार आगलागि भएपछि प्रहरी टोली आगो नियन्त्रणमा प्रयास गरीरहेको छ तर आगलागि नियन्त्रणभन्दा बाहिर गईसकेको छ ।

थप जानकारी आई नसकेको पनि बाजुर प्रहरी कार्यालयले जनाएको छ । इता, कैलालीस्थित धनगढीको एक ग्यारेजमा आगलागी हुँदा ५० लाखको क्षति भएको छ। धनगढी उपमहानगरपालिका–१३ राजपुरमा रहेको लालबहादुर चौधरीको ग्यारेजमा आगो लागेको हो।नेपाल प्रहरीले बिहिवार बिहान ग्यारेजमा आगलागी हुँदा गाडीका विभिन्न पार्ट, पुर्जा र गाडी मर्मतका उपकरणहरू जलेको बताएको छ।

सम्बन्धित

Comments are closed.