कञ्चनपुरमा राजयोग मेडिटेसनको सुरुवात

महेन्द्रनगर । विश्व एकता तथा विश्वासका लागि राजयोग मेडिटेसनको आज एक कार्यक्रमका बिच कंचनपुरमा शुभारम्भ गरिएको छ ।‌ ब्राह्मा कुमारी विश्वविद्यालय राजयोग सेवाकेन्द्र महेन्द्रनगरको आयोजनामा कार्यक्रमको शुभारम्भ गरिएको हो ।

राजयोग सेवाकेन्द्र महेन्द्रनगरका प्रमुख ब्रह्मा कुमारी महिमा दिदिको अध्यक्षता तथा जिल्ला समन्वय समिति कंचनपुरका प्रमुख दुर्गादत्त बोहराको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भीमदत्त नगरपालिकाका उप प्रमुख निलम लेखक, सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशी, प्रहरी उपरिक्षक खडक बहादुर खत्री एन प्याब्सनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष श्याम सिंह मौनी,

सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक डाक्टर मुकुन्द कलौनी, डाक्टर दिपक चन्द्र भट्ट, डाक्टर हरिश्चन्द्र भट्ट प्याब्सनका महादेव भट्ट, पतन्जली योग समितिका उपाध्यक्ष हरि रावल र गैर सरकारी संस्था महासङ्घ कंचनपुरका अध्यक्ष लक्ष्मी बोहरा लगायतका व्यक्तिहरुले कार्यक्रम सफलताको शुभकामना दिएका दिएका थिए ।

ब्रह्मा कुमारी विश्वविद्यालयको यस बर्षको मुख्य थीम विश्व एकता तथा विश्वासका लागि राजयोगू का बारेमा प्रकास पार्दै राजयोग सेवाकेन्द्र महेन्द्रनगरका प्रमुख ब्रह्मा कुमारी महिमा दिदिले संसार दिनानुदिन द्वन्द्व, हिंसा, र अविश्वासको दलदलमा फसिरहेको, मानिसहरूबीच दूरी बढ्दै गएको, विश्वास हराउँदै गएको बर्तमान अवस्थामा विश्वलाई एकताको सूत्रमा बाँध्नु जरुरी भएकोले ब्रह्मा कुमारी विश्वविद्यालय‌ अग्रसर रहेको बताउनु भयो ।

राजयोगका बारेमा प्रस्ट पार्दै महिमा दिदिले भन्नु भयो ुराजयोग भनेको आत्मा र परमात्माको योग हो। यो कुनै धर्म विशेष होइन — यो आत्मिक ज्ञानमा आधारित ध्यान पद्धति हो। जब हामी आफैँलाई आत्माको रूपमा चिन्छौं र परमात्मासँग सम्बन्ध जोड्छौं, तब हाम्रो भित्र शान्ति, प्रेम, सहिष्णुता, र विश्वास जन्मिन्छ।

आज विश्वमा विश्वासको अभाव छ किनभने हामीले आत्मालाई बिर्सेर भौतिकता मात्र अपनाएका छौं। तर राजयोगले हामीलाई फेरि आत्मिक पहिचान गराउँछ।

जब आत्मा शुद्ध हुन्छ, व्यवहार शुद्ध हुन्छ। अनि त्यही शुद्ध व्यवहारबाट नै एकता र विश्वासको आधार तयार हुन्छ।यदि प्रत्येक मानिसले दिनको केही समय आत्म(चिन्तन र राजयोगमा लगाउने हो भने, परिवारमा स्नेह बढ्छ, समाजमा सद्भाव फैलिन्छ, र विश्वमै शान्ति स्थापना हुन सक्छ।

हामी सबैलाई यो बुझ्न जरुरी छ — राजयोग केवल ध्यान होइन, यो जीवन बदल्ने साधन हो।ु कार्यक्रमको सञ्चालन ब्रह्मा कुमारी भगवती थापाले गर्नु भएको थियो ।

सम्बन्धित

Comments are closed.