सामुदायिक वनका पदाधिकारी तथा सरोकारवालाहरुलाई पर्यापर्यटन सम्बन्धि १ दिने अभिमुखीकरण सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक वनका पदाधिकारी तथा सरोकारवालाहरुलाई पर्यापर्यटन सम्बन्धि १ दिने अभिमुखीकरण सम्पन्न गरेको छ ।

भीमदत्त नगरपालिका १० मा रहेको शान्ती सामुदायिक वन उपभोक्ता समितिको हलमा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथीमा भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक रहनु भएको थियो भने विशिष्ट अतिथीमा भीमदत्त नगरपालिका १० का वडा अध्यक्ष महेश चन्द रहनु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी लेखकले अहिले विश्व व्यापीरुपमा जलवायु परिवर्तनको असर बढदै गईरहेको र हाम्रो देश नेपाल पनि त्यसको असरकाट अछुतो नरहेको बताउनु भयो ।

हामी सबै मिले र वनको संरक्षण गर्नुपर्ने, वृक्षारोपण गर्नुपर्ने, वन फडानीलाई नियन्त्रण चोरी तस्करीलाई नियन्त्रण गरे आफनो सामुदायिक वनलाई नमुना बन बनाउनमा लाग्नु पर्ने बताउनु भयो । साथै वनका पदाधिकारीहरुले आफनो बनलाई तालतलैयालाई मठमन्दिरलाई कसरी पर्यटकीय क्षेत्र बनाउने भन्ने विषयमा पनि छलफल हुनुपर्ने बताउनु भयो ।

यसको संरक्षणमा सबैको दायित्व वरावर रहेको जनप्रतिनिधी, स्थानिय समिति कर्मचारी सबैले हातेमालो गरेको खण्डमा वनको आफै संरक्षण हुने बताउनु भयो ।

एक मुख ६ रुख भनेजस्तै एक जनालाई ६ वटा रुखले अक्सिजन दिने भएकाले सबैले रुखको वनको बचाउमा लाग्नुपर्ने बताउनु भयो । भीमदत्त नगरपालिका १० का वडा अध्यक्ष महेश चन्दले यो क्षेत्रमा धेरै सामुदायिक वन रहेको र सबैले यसको संरक्षणमा सौन्दर्यकरणमा मिहिनेतका साथमा लागेको बताउनु भयो ।

साथै पर्यापर्यटनमा पनि कसरी ध्यान दिन सकिन्छ कसरी आफनो वनमा रहेका प्राकृतिक रुपका ताल तलैया जनावरहरुको संरक्षण गरी आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण बढाउन सकिन्छ भन्ने विषयमा पनि सबेको चासो हुनुपर्ने बताउनु भयो ।

भीमदत्त नगरपालिकाका विपद सम्पर्क व्यक्ती तथा कार्यक्रम संचालक मनोज भट्टले सामुदायिक वनका पदाधिकारीहरुलाइृ आफनो वनको सुरक्षा तथा पर्यापर्यटकहरुको क्षेत्रमा कसरी आर्कषण बढाउन सकिन्छ भन्ने हेतुले यो अभिमुखीकरण कार्यक्रमको आयोजना गरिउको बताउनु भयो ।

 

सम्बन्धित

Comments are closed.