महेन्द्रनगर । दलित महिलाहरुलाई ५ दिने नमकिन बनाउने तालिम सम्पन्न भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकाको आयोजनामा महिलाहरुलाई उद्यमशिल बनाउने उदेश्यले ५ दिने नमकिन बनाउने तालिमको आयोजना गरिएको थियो ।
दलित समुदायलाई आय तथा सीपमुलक तालिम कार्यक्रम अन्तरगत ५ दिने नमकिन बनाउने तालिम शनिवार सम्पन्न भएको हो । दलित समुदायका महिलाहरुलाई सिप सिकाएर उनिहरुलाई आय आर्जन संग जोडने उदेश्ले तालिमको आयोजना गरिएको कार्यक्रमका सभाध्यक्ष एवम कार्यपालिका सदस्य हरिहर परियारले बताउनु भयो ।
दलित महिलाहरुलाई उद्यमी बनाउन उद्यमशिल तालिम सञ्चालन गरिएको र स्थानीय तहमा रहेका कच्चापदार्थको उपयोग गर्दै उनिहरुलाई आम्दानीसँग जोड्न यो तालिमको आयोजना गरिएको उहाँले बताउनु भयो ।
विगतमा पनि दलित महिलाहरुलाई विभिन्न सिप मुलक कार्यक्रमहरु तलिम प्रदान गरेको बताउँदै तालिमा सहभागिता मात्रै जनाएर नहुने सिकेको सिपलाई आफनौ जिवनमा लागु गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथी एवम भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेशबहादुर बमले यहाँ सिकेको सिपले उत्पादन गरेर बस्तुको उत्पादन, बजारिकरण र प्रबर्धन गर्नका लागि पालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जोहर गर्नु भयो ।
व्यापारले व्यवसयाले गरीबीलाई मार्ने र परिवारकरो आर्थिक उन्नती पनि हुने बताउनु भयो । स्थानीयश्रोत र साधनको परिचालन गरी रोजगारी सृजनागर्ने तथा आफनो सिपलाई बजारमा विक्री गरेर आम्दानी पनि आग्रह गर्नु भयो ।
दलित महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भर गराई आम्दानीको श्रोत बढाउनका लागि यो तालिमको आयोजना गरिएको भीमदत्त नगरपालिका नायब सुब्बा मनोज प्रशाद भट्टले बताउनु भयो ।
Comments are closed.