महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका उपप्रमुख निलम लेखकले दिदि बहिनि उद्धार कोषमा आर्थिक सहयोृग गर्नु भएको छ ।
आफ्नो बाबाको पुन्य तिथिको अवसरमा महेन्द्रनगरमा रहेको दिदि बहिनि उद्धार कोषमा समस्यामा नगद १० हजार रुपैँया सहयोग गर्नु भएको हो ।
समस्यामा परेका, अप्ठयारोमा परेका दिदि बहिनिहरुको तत्काल उद्धारका लागि नगद सहयोग गर्नु भएको कोषका संयोजक भगवती थापाले बताउनु भयो ।
मनकारी उपप्रमुखले यो सहयोग गरेको प्रती दिदि बहिनि उद्धार कोषले उहाँलाई धन्यवाद व्यक्त गरेका छन् ।
दिदि बहिनि उद्धार कोषले विगतदेखी विभिन्न समस्यामा परेकाहरुलाई, उपचारमा आर्थिक अभाव भएका हरुलाई नगद सहयोग तथा अधिकााश क्षेत्रमा खाद्यन्न सहयोग पनि गर्दै आईरहेको छ ।
Comments are closed.