महेन्द्रनगर । कञ्चनपुरमा रहेको रेडियन्ट माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ७ र ८ का विद्यार्थीहरुले कञ्चनपुरमा रहेका धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको अवलोकन भ्रमण गरेका छन्

विद्यार्थीहरुलाई आफ्नो जिल्लामा रहेका स्थानीय धार्मिक स्थलहरुको बारेमा जानकारी गराउने उद्देश्यले विद्यालयले उक्त भ्रमणको आयोजना गरेको हो ।
धार्मिक स्थलहरुको अवलोकन तथा भ्रमण कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले कञ्चनपुरको भिमदत्त नगरपालिका ९ मा रहेको ब्रम्हदेव मन्दिरको स्थलगत अवलोकन गरेको विद्यालयका प्रिन्सिपल सूर्य बहादुर चन्दले बताउनु भयो ।
विद्यालयका शिक्षक लोकेन्द्र भट्ट र लेखापाल शारदा खत्रीको संयोजकत्वमा स्थानीय विषय अन्तर्गत ४३ जना विद्यार्थीहरुले धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको अवलोकन गरेका छन् ।
स्थानीयस्तरमा भएका सम्पदाहरुको बारेमा जानकारी लिएकाको र स्थलगत भ्रमणको क्रममा विद्यार्थीहरुले ब्रम्हदेव मन्दिरका पुजारीसँग उक्त मन्दिरको ऐतिहासिक र धार्मिक महत्वका बारेमा जानकारी लिएको शिक्षक लोकेन्द्र भट्टले बताउनु भयो ।
विद्यालय प्रशासले विद्यार्थीहरुलाई धार्मिक क्षेत्रहरुको अवलोकन भ्रमणमा सहभागी गराउँदा आफुहरुले स्थानीय स्तरमा रहेका धार्मिक स्थलहरुको बारेमा धेरै कुराहरु जान्ने र बुझ्ने मौका पाएको कक्षा ८ की छात्रा आर्या चन्दले बताउनुभयो ।
Comments are closed.