होटल तथा पर्यटन व्यवसायीहरुका लागि आतिथ्यता व्यवस्थापन तालिम सम्पन्न

महेन्द्रनगर । होटल तथा पर्यटन व्यवसायीहरुका लागि आतिथ्यता व्यवस्थापन तालिम कञ्चनपुरमा सम्पन्न भएको छ । व्यवसायिक एकता हाम्रो प्रतिवद्धता, पर्यटन प्रवद्र्धनमा निरन्तर सक्रियता भन्ने नाराको साथमा २ दिने आतिथ्यता व्यवस्थापन तालिम सोमवार सम्पन्न भएको हो ।

उक्त तालिममा सुदूरपश्चिमका नौ वटा जिल्लाबाट होटल संचालक, पर्यटनको क्षेत्रमा कार्य गर्ने विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो उक्त कार्यक्रमको प्रमुख अतिथीमा रहनु भएका जिल्ला समन्वय समिति प्रमुख दुर्गा दत्त बोहराले एक पटक आएका पर्यटकहरु सेवाग्राहीहरु पुनः आउने वातावरणको निर्माण गरिनु पर्ने बताउनु भयो ।

सकारात्मक दृष्टिकोण राखेर सेवाग्राहीलाई होटल संचालक र कामदारहरुले सेवा दिनुपर्ने बताउनु भयो । सबैले एकअर्कालाई सम्मान गरेर सत्कारका साथमा स्थानिय परिकारलाई प्रोत्ािहन गरेर काम पेशा गर्नुपर्ने बताउनु भयो ।

होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र रेग्मीले यो २ दिने तालिमलाई सफलता पूर्वक सम्पन्न गर्नुहुने सम्पूर्ण सहभागी अतिथी लगायत सबैलाई धन्यवाद व्यक्त गर्नु भयो ।

साथै उहाँले यो तालिमबाट सिकेका सिप ज्ञानलाई आफनो व्यवहारमा आफनो पेशामा लागु गर्न पनि आग्रह गर्नु भयो ।

कञ्चनपुर होटल व्यवसायी संघका निवर्तमान अध्यक्ष जगदिश चन्द्र भट्टले आफनो पेशा प्रती वफादार ईमान्दारीता देखाएर सत्कार र सममानको साथमा काम गर्न सके यो क्षेत्रले अझै फडकको मार्ने बताउनु भयो ।

एक पटक आएका पर्यटक अथवा सेवाग्राहीहरुलाई राम्रो स्वागत सत्कार दिन सके तिनै सेवाग्राहीहरुले अन्य पर्यटकहरु सेवाग्राहीहरुलाई पनि पुनः त्यही जानको लागि बताउने र सेवा लिन आउने बताउनु भयो ।

होटल व्यवसायी संघका केन्द्रिय सल्लाहाकार पर्यटन व्यवसायी परमानन्द भण्डारीले यो २ दिन पनि कम भएको र हरेक स्थानिय तहले पर्यटकिय क्षेत्र भएका स्थानिय तहरुले यस्ता तालिमहरु दिनु पर्ने बताउनु भयो ।

सहभागी भीमदत्त नगरपालिका १४ राना सामुदायिक होमस्टेका सञ्चालक बसन्ती रानाले यो २ दिने तालिम अति नै उत्कृष्ट रहेको बताउनु भयो । यो तालिम हरेक वर्षमा आयोजना हुनुपर्ने र यो तालिमले थप हौसला उर्जा थपेको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.