महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा आएको हावाहुरी संगं वर्षाले गौशालामा क्षती पुर्याएको छ् ।
दोधारा चाँदनी नगरपालिका– १० महाकाली नदीको नजिक रहेको छाडाचौपाया व्यवस्थापनको लागी निमार्ण गरिएको गौशालामा गएराती आएको हावाहुरी संगै वर्षाले क्षती पुर्याएको दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले बताउनुभएको छ् ।
हावाहुरीले गौशालामा जडान गरिएको कर्कटपाता, पाईप क्षतबिक्षत बनाएको उहाँले बताउनुभयो । शुदुरपश्चिम सरकार र दोधारा चाँदनी नगरपालिकाको सयुक्त आयोजनामा झण्डै रु ७० लाखमा निमार्ण गरिएको गौशालाको कर्कट पाता र पाईप हावाहुरीले क्षती बनाए संगै छाडाचौपायालाई व्यवस्थापनमा समस्या देखिएको वडाध्यक्ष चन्द्र बहादुर सिंहले बताउनु भएको छ् ।
हावाहुरीले झण्डै रु। १५र२० लाख बराबरको क्षती पुर्याएको उहाँको भनाई छ् । दोधारा चाँदनी नगरपालिकामा प्रमुख समस्याकोरुपमा देखा परेको छाडाचौपाया व्यवस्थापनको लागी नगरपालिकाले नगर क्षेत्रको बिभिन्न स्थानमा काँञ्जी खोर निमार्ण गर्नुको साथै वडा नं १० मा ठुलो लगानीमा गौशाला निमार्ण गरेको हो ।
Comments are closed.