४ जिपिए ल्याएर टप गर्ने विद्यार्थीहरुलाई अमिटी कलेजको सम्मान

महेन्द्रनगर । कञ्चनपुरमा रहेको अमिटी कलेजले आफना विद्यार्थीहरुलाई सम्मान गरेको छ । पोखरा विश्व विद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले धेरै जिपिए ल्याउने विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गर्दै सम्मान गरेको हो ।

देशैभरमा धेरै जिपिए ल्याएर प्रथम हुन सफल यस कलेजमा अध्ययनरत धेरै विद्यार्थीहरुले ४ जिपिए ल्याएपछि विद्यार्थीहरुको हौसला र उनिहरुलाई प्रोत्साहन गर्न सम्मान गरिएको हो ।कलेजमा अध्ययनरत २३ जना विद्यार्थीहरुले ४ जिपिए ल्याएको र यो पोखरा विश्व विद्यालयबाट सम्बन्धन प्राप्त ४५ वटा कलेजमा अमिटी कलेजले सर्वाेत्कृष्ट नतिजा ल्याएको कलेजका संस्थापक सदस्य हाल अध्यक्ष गोकुल देव भट्टले जानकारी दिनुभयो ।

चैत्र महिनामा भएको परिक्षाको नतिजा उत्कृष्ट आएपछि उनिहरुलाई हौसला प्रदान गर्न र उनिहरुलाई आगामी दिनमा पढाईमा हौसला दिन उनिहरुलाई सम्मान गरिएको बताउनु भयो । यो एतिहासीक नतिजा रहेको र उनिहरुको उपलब्धी र मेहनेतलाई कदर र सम्मान गर्दै उनिहरुलाई हौसला दिईएको बताउनु भयो ।

साथै कलेजमा अध्ययनरत विगतका विद्यार्थीहरुले पनि आफुलाई अब्बल सावित गर्दै विभिन्न सम्मानित कार्यालय संस्था बैँकहरुमा रोजगारी सिर्जना गरेर काम गरी रहेको बताउनु भयो । अहिले एकैपटक पोखरा विस्व विद्यालयबाट बिबिए संकायमा ४५ वटा कलेजमा अमिटी कलेजबाट २३ जनाले ४ जिपिए ल्याएर प्रथम स्थान हासिल गराउने विद्यार्थीहरुलाई सम्मान गरीएको बताउनु भयो ।

अमिटी कलेजका प्रिन्सिपल रविन्द्र अवश्थीले २०२४ फलको पोखरा विश्व विद्यालयको सेमेस्टर ईन ईक्जामको नतिजामा युनिभर्सिटी टप गरेको भएर उनिहरुले ४ जिपिए अंक ल्याएर अमिटी कलेजलाई प्रथम बनाएको अवसरमा सबै विद्यार्थीहरुलाई सम्मान गरिएको बताउनु भयो ।

यो सेमेस्टरमा २३ जनाले युनिभर्सिटी टप गरेको र विगतमा ९२ जना र यो वर्ष २३ जनाले ४ जिपिए ल्याए संगै अहिले १ सय १५ जनाले ४ जिपिए अंक ल्याएको बताउनु भयो । अमिटी कलेजमा बिबिएमा अध्ययनरत ४ जिपिए ल्याएका विद्यार्थी मनोज दत्त कलोनीले यो सममान पाउँदा अति नै हर्षित भएको र थप अध्ययन गर्नमा हौसला मिलेको बताउनु भयो ।

साथै उहाँले अमिटी बलेज परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो । बिबिए छैँठौ स्म्स्टरमा अध्ययनरत विद्यार्थी टिना भट्टले यो सम्मान पाउँदा र अमिटी कलेजमा अध्ययन गर्न पाउँदा खुसी लागेको बताउनु भयो । आफुलाई अध्ययनमा थप जिम्मेवारी आएको महसुस गरेको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.