मंगलवार केही प्रदेशमा भारी वर्षाको सम्भावना

महेन्द्रनगर । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही भू(भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू(भागमा मनसुनी वायुको प्रभाव छ। यसका साथै, देशको पश्चिम भू(भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो र राति देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका अधिकांश प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा को सम्भावना छ। बाँकी सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च(पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। बाँकी उच्च(पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा पनि हल्का वर्षा वा हिमपात हुन सक्छ।

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा को सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

उच्च(पहाडी तथा हिमाली भू(भागमा हल्का वर्षा वा हिमपातको सम्भावना कायमै रहनेछ। मौसममा देखिएको यो परिवर्तनले गर्दा यात्रा गर्दा वा बाहिर निस्कँदा सावधानी अपनाउनु उपयुक्त हुनेछ।

सम्बन्धित

Comments are closed.