महेन्द्रनगर । पिथौरागढ, कुमाऊँ, उत्तराखण्ड, भारतका लब्धप्रतिष्ठित साहित्यकार डा. पीताम्बर अवस्थीलाई सम्मान र अभिनन्दन गरिएको छ ।

सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठान , सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा धनगढीमा आयोजना गरिएको एक कार्यक्रममा पहलमानसिंह स्वार नेपाल भारत अन्तराष्ट्रिय साहित्य सम्मेलनमा उहाँलाई कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका मूख्यमन्त्री कमलबहादुर शाहले सम्मान गर्नुभएको हो ।

नेपाली साहित्य जगतका प्रथम दुखान्त नाटककार स्व। पहलमानसिंह स्वारको स्मृतिमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा स्थापित पहलमानसिंह स्वार स्मृति राष्ट्रिय साहित्य सम्मान(२०८२ द्वारा डा। अवस्थीलाई अभिनन्दन गरिएको हो ।
नेपाल भारत सांस्कृतिक साझा विरासतको उन्नयनमा सेतु झैँ कृयाशील साहित्यकार डा। अवस्थी साहित्य, भाषा, कला, संस्कृति र ईतिहास लगायत महिला चेतना, नशामुक्ती अभियान, सामाजिक समरसता र चेलीबेटी बचाऔँ चेलीबेटी पढाऔं अभियानका समेत अभियन्ता, १८ वटा कृतिका सर्जक हुनुहुन्छ ।
नेपालमा सम्पन्न साहित्यिक सांस्कृतिक महोत्सव र सम्मेलनमा सहभागी हुँदै आउनु भएका डा। अवस्थी भारतमा पनि नेपाली स्रष्टाहरूलाई आमन्त्रण गर्दै आउनु भएको छ।
डाक्टर पीताम्बर अवस्थीले भारतमा आफ्नी स्वर्गबासी आमाको सम्झनामा स्वयम् स्थापना गर्नुभएको हरूली आमा छात्रवृत्ति धनगढी कैलालीको श्री धनगढी नमुना माविका चारजना छात्राहरूलाई प्रदान गर्नुभएको छ।
त्यसैगरी उहाँले भारतमा उहाँद्वारा संचालित नशामुक्ति अभियानका चेतनामूलक कार्यक्रमहरू दार्चुला, कञ्चनपुर र कैलालीका विद्यालयहरूमा पनि सम्पन्न भएका छन् ।
यस्ता सामाजिक न्याय, एकता, समरसता र सशक्तिकरणका दूत, प्राज्ञिक व्यक्तित्व कृतिकार वरिष्ठ साहित्यकार कवि डा। पीताम्बर अवस्थीलाई नेपालमा सम्मान र अभिनन्दन गरिदा आफूलाई औधी खुशी लागेको सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीका अध्यक्ष तीर्थराज पाण्डेयले भन्नुभयो ।
Comments are closed.