महेन्द्रनगर । पछिल्लो समय सामाजिक सञ्जालमा पोखरी कटेजले ५० लाख अनुदान पाएको भन्ने खबरले चर्चा पाएपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगरले उक्त खबर झुटो भएको जनाएको छ ।
पोखरी कटेजको नाममा कुनै पनि अनुदान नगएको र सामाजिक सञ्जालमा आउको विषयमा कुनै पनि सत्यता नरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगरका सुचना अधिकारी एवम पशु चिकित्सक खडकबहादुर पाण्डेयले जानकारी दिनु भएको छ ।
कटेजलाई अनुदान दिने कार्यक्रम नै नभएको र हावाको भरमा सामाजिक सञ्जालमा झुटो खबर आएको बताउनु भयो । ‘त्यो पोखरी कटेजलाई कुनै अनुदान गएको छैन, दिइएको छैन’ सुचना अधिकारी एवम पशु चिकित्सक पाण्डेयले भन्नुभयो ।
पोखरी कटेजका संचालक कृष्ण रानाले आफनो जमिनमा अर्कै फर्म व्यवसायमा जिउँदो माछा कटिङ, माछाको पोखरी मर्मत सम्भार, माछा विक्री केन्द्र गर्ने भनेर सम्झौता गरेको र काम पनि भई रहेको अवस्थामा पुरै ५० लाख नजाने र जती काम भएको छ उति नै रकम भुक्तानी हुने उहाँले बताउनु भयो । तर पोखरी कटेजमा अनुदान भने नभएको उहाँले बताउनु भयो ।
ललिता एग्रो फर्ममा अनुदानको लागी प्रस्ताव पेश भएको तर अनुदान नपाएको संचालक कृष्ण रानाले बताउनु भयो । पोखरी कटेजको आफु संचालक भएको र उक्त पोखरी कटेजमा एक रुपँैया पनि अनुदान नआएको बताउनु भयो ।
५० लाख आफनो लगानी र ५० लाख भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगरको भएपनि जिउँदो माछा विक्री केन्द्रको लागि अनुदान माग गरिएको भएपनि सामाजिक सञ्जालमा प्रतिशोध साध्ने प्रकारले आएको हावादारी खबर झुटा रहेको बताउनु भयो ।
ललिता एग्रो फर्म २०७२ मा दर्ता भएको र पोखरी कटेज २०७६ मा संचालनमा आएको बताउनु भयो । पोखरी कटेजमा आउने पाहुनालाई टिकट नभएर फुड कुपन रहेको र उक्त कुपनको रकम खानेकुरामा काट्ने पनि प्रष्ट पार्नु भयो ।
१३ करोड रिण निकालेर व्यवसायी गरेको सुदूरपश्चिममा पर्यटकिय क्षेत्रमा पनि राम्रो काम गरी रहेको र ४३ जनालाई रोजगारी दिएको पनि उहाँले बताउनु भयो ।
Comments are closed.