गड्डाचौकीमा चेकजाँच गर्दा एकजनामा कोरोना संक्रमण पुष्टी

महेन्द्रनगर । कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकीमा एकजनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा गरिएको कोरोना परिक्षणमा एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रादेशिक स्वास्थ्य आपतकालिने जनाएको छ ।

पश्चिमी सिमानाका गड्डाचौकी भएर भारतबाट १ सय ८ जना आएका थिए ति मध्ये शंकास्पद ५ जनाको एन्टिजेन परिक्षण भएको थियो । ४ जनाको रिपोर्ट नेगेटिभ आएको थियो भने एकजनाको रिपोर्ट पोजेटिभ आएको छ ।

अहिले उक्त कोरोना पोजेटिभलाई महाकाली प्रादेशिक अस्पतालको आईसोलेसनमा रखेर उपचार भई रहेको छ । जेष्ठ २१ द्येखी अहिले सम्म सुदूरपश्चिममा नयाँ २३ जनामा कोरोना संक्रमण देखिएको छ,

जसमध्ये १६ जनाको रिपोर्ट उपचार पश्चात नेगेटिभ आएको छ ।

कैलालीको सिमानाका गौरी फन्टामा भातबाट २ सय १८ जना नेपाल भित्रिएका थिए ति मध्ये २३ जनाको ऐन्टिजेन परिक्षण गर्दा सबेको रिपोर्ट नेगेटिभ आएको छ ।

सम्बन्धित

Comments are closed.