महेन्द्रनगर । कैलालीको कारागारमा डडेल्धुरको युवा व्यवसायी हरिसिंह पालीको मृत्यु भएपछि बन्द गरीएको सवारी साधनहरु खुलेका छन् । बैंकिङ्ग कसुरमा पक्राउ परेका पालीको मृत्यु कुटपिटका कारण भएको भन्दै उनका आफन्त र स्थानीय संघसंस्थाले बुधबार डडेल्धुरा सदरमुकाममा बजार र यातायात पूर्णरूपमा बन्द गराएका थिए।
डडेल्धुराको आन्दोलनले सदरमुकामको बजार ठप्प हुनुका साथै सुदूरपहाडका गाडी चल्न सकेका थिएनन्। छानबिन समिति गठन भएपछि घोषणा गरिएको अनिश्चितकालीन बजार तथा यातायात बन्द फिर्ता लिइएको छ।
डडेल्धुरा उद्योग वाणिज्य संघले विज्ञप्ति जारी गर्दै पीडित पक्षको किटानी जाहेरी दर्ता, सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति गठन र केन्द्रबाट जाँचका लागि सीआईबी पनि आउने सहमति भएकोले आन्दोलन फिर्ता लिएको उल्लेख गरेको छ।
बैंकिङ्ग कसुरमा पक्राउ परेका पालीको मृत्यु कुटपिटका कारण भएको भन्दै उनका आफन्त र स्थानीय संघसंस्थाले बुधबार डडेल्धुरा सदरमुकाममा बजार र यातायात पूर्णरूपमा बन्द गराएका थिए।
डडेल्धुराको आन्दोलनले सदरमुकामको बजार ठप्प हुनुका साथै सुदूरपहाडका गाडी चल्न सकेका थिएनन्। छानबिन समिति गठन भएपछि घोषणा गरिएको अनिश्चितकालीन बजार तथा यातायात बन्द फिर्ता लिइएको छ।
डडेल्धुरा उद्योग वाणिज्य संघले विज्ञप्ति जारी गर्दै पीडित पक्षको किटानी जाहेरी दर्ता, सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति गठन र केन्द्रबाट जाँचका लागि सीआईबी पनि आउने सहमति भएकोले आन्दोलन फिर्ता लिएको उल्लेख गरेको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीले कैदी मृत्यु घटनाको अनुसन्धानका लागि छानबिन समिति बनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा ७ सदस्य छानबिन समिति गठन गरेको हो।
२८ वर्षीय हरिसिंह पालीको कारागारमा शंकास्पद मृत्यु भएपछि घटनाको अनुसन्धानका लागि चर्को माग उठेपछि छानबिन समिति गठन गरिएको हो। कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिएका छन्।
समितिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी, जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार सिंह, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधि, प्रहरी नायब निरीक्षक सुरेश बोहरा, प्रहरी सहायक हवलदार नरेश साउँद तथा डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लोकराज भट्ट सदस्य रहेका छन्।
पालीलाई गत फागुन २९ गते कैलाली जिल्ला अदालतले १० दिन कैद र दुई लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। सोही सजाय कार्यान्वयनका लागि उनलाई डडेल्धुराको अमरगढी नगरपालिका–५ स्थित तुफानडाँडाबाट पक्राउ गरी कैलाली लगिएको थियो।
Comments are closed.