महेन्द्रनगर । कञ्चनपुरमा अत्यधिक गर्मी बढेपछि विद्यालय ३ दिन विदा हुने भएको छ ।
निजि तथा आवाशिय विद्यालय अर्गनाईजेशन नेपाल प्याब्सनले असार ४ गतेदेखी ६ गतेसम्म सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
प्याबसन भीमदत्त नगरमा आवद्ध रहेका सम्पूर्ण निजी विद्यालयहरु बन्द गर्ने निर्णय गरेको भीमदत्त नगर कमिटी अध्यक्ष उपेन्द्र प्रशाद जोशीले जानकारी दिनु भएको छ ।
अत्याधिक गर्मीका कारणले गर्दा विद्यार्थी, शिक्षक शिक्षिका, एवं कर्मचारीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्न जाने अवस्थालाई मध्यनजर गर्दै ३ दिन गर्मी विदा दिने निर्णय भएको उहाँले बताउनु भयो ।
पछिल्लो समय कञ्चनपुरमा अत्याधिक गर्मी बढेको छ । गर्मी बढेसंगै जनजिवन प्रभावित भएको छ ।

Comments are closed.