डडेल्धुराकी बन्दना पैसा नहुँदा एक वर्षदेखि अस्पतालको शय्यामा छट्पटाउँदै, सहयोगको अपिल

महेन्द्रनगर । डडेल्धुराको अमरगढी नगरपालिका–५ खलंगाका युवराज लिम्बू मजदुरी गरेर घर खर्च चलाइरहेका थिए। उनकी श्रीमती पनि मजदुरी नै गर्थिन्।

मजदुरी गरेर घर खर्च धानिरहेको लिम्बू दम्पत्तिमाथि २०८० साउन ३१ गते एक ठूलो बज्रपात आइलाग्यो, उनकी छोरी १७ वर्षीया बन्दना लिम्बू साइकल दुर्घटना परिन्। र, गम्भीर घाइते भइन्।

उनी साउन ३१ गते अमरगढी नगरपालिका–५ तुफानडाँडामा उनी साइकल दुर्घटनामा परेकी थिइन्। दुर्घटनामा परेर उनको टाउकोमा गम्भीर चोट लाग्यो। त्यसपछि युवराजले आफ्नी छोरीलाई उपचारका लागि निसर्ग अस्पताल धनगढी ल्याए। निसर्गमा उनको उपचार भइरहेको छ।

मजदुरी गरेर खाने परिवारलाई अहिले ठूलो आर्थिक संकट परेको छ। दैनिक ज्यालादारी गरेर घर चलाइरहेका लिम्बू परिवारमा छोरी दुर्घटनामा परेर घाइते भएपछि आर्थिक समस्या देखा परेको हो।

युवराजले झन्डै एक वर्षदेखि छोरीको उपचार गराइरहेका छन्। बन्दनाको टाउकोको गत साउन ३२ गते पहिलो र मंसिर १० गते दोस्रो अपरेशन भयो। अहिलेसम्म ३० लाख जति अस्पतालको बील तिर्न बाँकी रहेको युवराज बताउँछन्।
‘छोरीको स्वास्थ्य पनि जटिल बन्दै गएको छ। सास छँदासम्म आस हुन्छ भन्छन्,’ उनले नयाँ सन्देशसँग भने, ‘अस्पतालको पनि ३० लाख तिर्न बाँकी नै छ।

यति धेरै पैसा कहाँबाट तिर्ने होला। म ज्यादारी गरेर घर खर्च चलाउने मान्छेसँग यति पैसा छनै।’ बन्दना महेन्द्र माध्यमिक विद्यालय खलंगामा कक्षा १० मा अध्ययनरत थिइन्।

उनको उपचारका लागि सबैलाई सहयोग गरिदिन परिवारका सदस्यले आग्रह गरेका छन्। उनलाई सहयोग गर्न चाहनेले निम्न बैंक खातामार्फत् रकम पठाउन सक्नेछन्।

 

KumariBank Ltd.

Ac no. 0280317582300001

Dhanmaya Limbu

Mobile no. 9848728582

QR Code-

सम्बन्धित

Comments are closed.