भीमदत्त ९ मुसेट्टीमा समुदाय स्तरिय कृत्रिम नमुना घटना अभ्यास सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा बाढी र आगलागीमा आधारित समुदाय स्तरिय कृत्रिम नमुना घटना अभ्यास गरिएको छ । भीमदत्त नगरपालिकाको आयोजना नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्युए) र डिसिएको समन्वय र सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

पछिल्लो एक दशकयता वर्षातमा आउने बाढीले वर्षेनी ठूलो धनजनको क्षति गर्ने गरेको छ । त्यस्तो क्षतिलाई न्यूनीकरण गर्नका लागि भीमदत्त नगरपालिकाको वडा नम्वर ९ मुसेट्टीमा रहेको २ वटा भिमकुण्ड सामुदायिक विपद व्यवस्थापन समिति र शन्तनगर खल्ला सामुदायीक विपद व्यवस्थापन समितिलाई उक्त अभ्यास गराईएको हो ।

बाढी र आगलागीबाट बच्न र बचाउने सिप कला सिकाउन कृत्रिम नमुना घटना अभ्यासको आयोजना गरिएको भीमदत्त नगरपालिका वातावरण अधिकृत सविन रावलले जानकारी दिनु भयो । महाकाली तटिय क्षेत्रमा रहेका समुदायलाई कसरी सुृरक्षित राख्न सकिन्छ ? कसरी जिउधनको सुृरक्षा गर्न सकिन्छ ? भनेर २ वटा समुदायस्तरमा रहेका सामुदायिक विपद समितिलाई भीमदत्त नगरपालिकाका नगर प्रहरी,, दमकल प्रहरी निकाय, शसस्त्र प्रहरी, स्थानियहरुलाई उक्त अभ्यास गराईएको बताउनु भयो ।

यो क्षेत्रमा विपदको रुपमा बाढी र डुवानहरु बढी हुने भएपछि समुदायलाई नै उद्धार गर्ने सिप सिकाएर उनिहरु नै विपदमा सहयोग गर्ने उद्धार गर्ने पहिलो व्यक्ती भएका भएर आजको कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

प्राकृतिक विपद्हरूलाई रोकथाम गर्न नसके पनि पूर्वतयारको माध्यमबाट विपद्को असरलाई न्यून गर्न सकिन्छ भन्ने उद्देश्यका साथ कार्यक्रम गरिएको भीमदत्त नगरपालिकाका विपद सम्पर्क व्यक्ती मनोज प्रशाद भट्टले बताउनु भयो ।

विगतको बाढीको अनुभवलाई आत्मसात् गर्दै आगामी दिनहरूमा भैपरि आउने बिपदको समयमा कसरी पूर्व तयारीका कार्यहरू गर्न सकिन्छ भन्ने दिगो ब्यवस्थापन का लागि बाढी र आगलागीमा आधारित कृत्रिम नमुना अभ्यास गरिएको बताउनु भयो ।

समुदायका व्यक्तिहरूले उक्त अभ्यासबाट विपद्को समयमा गर्न सकिने उद्धार, उपचारलगायतका विषयमा जानकारी प्राप्त गरेको प्रतिक्रिया दिनुभएको थियो । एन एन एस डब्लु ए का भोजराज भट्टले विपदमा पहिलो उद्धारकर्ताको रुपमा समुदाय नै भएकाले उहाँहरुलाई े कसरी विपदमा काम गर्ने ? स्थानिय स्रोत र साधनको कसरी प्रयोग गर्ने ? भन्ने विषयमा पनि अभ्यास गरिएको बताउनु भयो ।

भीमदत्त नगरपालिका ९ का स्थानिय धनबहादुर खडकाले यस्तो कार्यक्रमको अति नै आवस्यक्ता रहेको बताउनु भयो महाकाली तटिय क्षेत्रमा रहेका स्थानियहरुलाई यस्ले धेरै जानकारी ज्ञान र सिप सिकाएको बताउनु भयो ।

पूर्व सूचना प्रवाह, खोज तथा उद्धार र प्राथमिक उपचार लगायतका सन्दर्भमा नमुना अभ्यासबाट धेरै सिकाइ भएको उहाँले विश्वास व्यक्त गर्नुभयो ।

बाढीमा आधारित कृत्रिम घटना नमुना अभ्यास कार्यक्रममा विपद्को समयमा गरिने गतिविधिको स्थलगत अभ्यासमा सहजीकरण एन एनएस डब्लु एका भीमदत्त नगरपालिकाका सामाजिक परिचालिका अनिता लावडले गर्नु भएको थियो ।

सम्बन्धित

Comments are closed.