कञ्चनपुरमा नेपाली सेनाको गाडी पल्टिँदा ५ जना घाइते

महेन्द्रनगर । महाकाली नदीमा निर्मित ४ लेनको पक्की पुल नजिकै भत्केको गाइडबण्ड बनाउने क्रममा नेपाली सेनाका जवानहरु बोकेको गाडी पल्टिँदा ५ जना घाइते भएका छन् ।

शुक्रबार बिहान सेनाका जवानहरुलाई निर्माणस्थलमा लैजाने क्रममा सेनाको गाडी पल्टेर उनीहरु घाइते भएका हुन् ।

‘सबैको अवस्था सामान्य छ, उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्‍याइएको छ,’ नेपाली सेनाको इन्जिनियर विभागका इन्जिनियर प्रमुख सेनानी निशान्त पण्डितले भने, ‘हाम्रै जवानहरु बोकेको गाडी पल्टिएको हो ।

’महाकाली नदीको बाढीले गत वर्ष भत्काएको पुलको गाइडबण्ड पुन निर्माणको काम अहिले नेपाली सेनाले गरिरहेको छ ।

उक्त क्षेत्रलाई विपदका हिसाबले संकटग्रस्त घोषणा गरेर सेनामार्फत काम भइरहेको हो ।

अहिले गाइडबण्डको पुनर्निर्माणसँगै महाकाली नदीलाई बीच भागमा बगाउने गरी च्यानलाइजेसनको काम पनि भइरहेको छ ।

सम्बन्धित

Comments are closed.