महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा सरोकारवालहरुसंग बडघर र भलमन्सा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वेदकोट नगरपालिकामा रहेका बडघर र भलमन्साहरुलाई कानुन, ऐन नियमहरु, कस्ता विवाद, घटनाहरु हेर्ने भन्ने विषयमा जानकारी प्रिदान गरिएको थियो ।

उक्त कार्यक्रमको प्रशिक्षकको रुपमा थारु समुदायका अगुवा बलबहादुर डगौरा र अधिवक्ता शिद्धराज पाण्डेय रहनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी वेदकोट नगरपालिकाका नगर प्रमुख भोज राज बोहराले अहिले सामाजिक समोवेशीता अझै सुधार भएको र वृद्धदेख जवान बडघर भलमन्साहरुले अहिले मिलेर बसेको बताउनु भयो ।

आफनो पालिकामा अहिले ३५ जना बडघर भलमन्सा रहेको र समुदायमा हुने गरेका विषयहरुमा पनि काम गर्ने का लागि आवस्यक पर्ने ज्ञान सिपहरु पलिकाले सिकाएको बताउनु भयो ।
विगतका दिनमा न्यायिक समितिबाट विभिन्न तालिमहरु प्रदान गरेको र उक्त तालिमबाट पनि के कस्ता कामहरु विवादहरु घटनाहरुलाई आफु हेर्ने र दायरा भन्दा परको विषयलाई सम्बन्धित निकायमा पठाउन सक्ने क्षमताको विकास भएको बताउनु भयो ।
अहिले वेदकोट नगरपालिकाले बडघर भलमन्सा सम्बन्धी ऐनको व्यवस्था गरेर काम गरीरहेको र कतिपय विषयमा मुद्धा लाग्ने विषयमा हात नहाल्ने जानकारी पनि प्रदान गरिएको बताउनु भयो । आगामी दिनहरुमा पनि पालिकाले यसको सिप दक्षता क्षमतालाई अझै बढाउनका लागि आफु साथमा रहेको बताउनु भयो ।
कार्यक्रमको अध्यक्षता ग्रहण गर्नु भएका उपप्रमुख तुलसी जोशीले बडघर भलमन्साको ऐन कानुनमा के उल्लेख भएको छ भन्ने विषयमा पनि व्यापक छलफल पश्चात कार्यान्वय गर्न सकिएको बताउनु भयो । केही वुँदाहरु प्रिवर्तन गरी सजिलो बनाएर अहिले पालिकाले ऐन पारित गरेर काम गरीरहेको बताउनु भयो ।
विगतदेखी नै न्यायिक समितिबाट विभिन्न तालिम प्रदान गरी उहाँहरुलाई नगरपालिकाले आधिकारीक रुपमा सरकारको प्रमाणपत्र दिएर काम गरेको बताउनु भयो । सरकारसंगै बसेर काम गर्ने आफनो समसइा आवाजलाई बुलन्द बनाएर क्षमता विकास गरेको उपप्रमुख जोशीले बताउनु भयो ।
बडघर भलमन्साको प्रणलीको थप अध्ययन अनुसन्धान हुनुपर्ने, यो प्रणालीमा छुट भएका विषयहरुको समाविष्ट गरिनु पर्ने, कमीकमजोरीहरुलाई सुधार गरिनु पर्ने थारु समुदायका अगुवा बलबहादुर डगौराले बताउनु भयो ।
वेदकोट नरपालिका बडघर भलमन्सा समितिको संयोजक रामसिंह डगौराले अन्तरक्रियामा स्थानीय सरकारी निकायमा दिगो विकासका लागि थारूहरुको सङ्गठनको भूमिकाका सकारात्मक पक्ष र सुधारात्मक पक्षको विषयमा गहन छलफल भएको बताउनु भयो ।
पालिकाले वडघर–भलमन्सा प्रथालाई संरक्षण गर्न ऐन निर्माण गरिएको छ”, उनले भने, “ऐन निर्माण भएपछि थारु समुदायको सामुदायिक सङ्गठन तथा परम्परागत बडघर–भलमन्सा प्रणालीलाई अभिलेखीकरण, संरक्षण, प्रवद्र्धन विकास र अभ्यासलाई अगाडी बढाउन सहज भएको छ ।”
थारू समुदायका गाउँगाउँमा विकास निर्माण, समाजिक कार्य, विवाह, सांस्कृतिक कार्यको चाँजोपाँजो मिलाउने कार्यसँगै झैझगडाको छिनोफानो गर्नका लागि बडघर प्रत्येक वर्ष चयन हुँदै आएको छ ।
नगरपालिकाको नगर भेला, वडा भेलामा बडघर भलमन्साको उपस्थितिलाई अनिवार्य गरिएपछि नीति निर्माण र बजेट विनियोजनमा पहुँच पुगेको छ ।
Comments are closed.