पत्रकार पप्पु गुरुङ दोधारा चाँदनीमा सम्मानित

महेन्द्रनगर । विगत दुई दशकदेखि सञ्चार क्षेत्रमा क्रियाशील पत्रकार पप्पु गुरुङ दोधाराचाँदनी नगरपालिकाको १४ औं नगर अधिवेशनका अवसरमा सम्मानित भएका छन्।

गुरुङलाई दोधाराचाँदनी नगरपालिकाका नगर प्रमुख किशोर लिम्बुले दोसल्ला, टीका र सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभएको हो। टिभी टुडे र सुदूर दर्पणमा आबद्ध गुरुङले आफ्नो दुई दशक लामो व्यावसायिक यात्रा दोधाराचाँदनी क्षेत्रमै केन्द्रित गर्दै आउनुभएको छ।

यस अवधिमा उहाँले यस क्षेत्रका विभिन्न सामाजिक, आर्थिक, राजनीतिक र विकासका मुद्दाहरूलाई सञ्चार माध्यमबाट प्रकाशमा ल्याउन महत्वपूर्ण भूमिका खेल्नुभएको छ।

नगरपालिकाले गुरुङले मिडियाको माध्यमबाट यस क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै सम्मान गरेको जनाएको छ।
सम्मान ग्रहण गरेपछि पत्रकार गुरुङले आफूलाई प्राप्त सम्मानले थप ऊर्जा मिलेको र आगामी दिनमा पनि दोधाराचाँदनीको विकास र सुशासनका लागि सञ्चार माध्यमबाट निरन्तर खबरदारी गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले भने, ूयो सम्मान मेरो एक्लो नभई, दोधाराचाँदनीमा क्रियाशील सम्पूर्ण पत्रकारिता क्षेत्रको हो।

सम्बन्धित

Comments are closed.