वेदकोटमा संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको प्रस्ताव नं.१३२५ र १८२० को अभिमुखीकरण कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरीएको छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको प्रस्ताव नं.१३२५ र १८२० सम्बन्धी सरोकारवालाहरु संग अभिमुखीकरण सम्पन्न भएको हो ।वेदकोट नगरपालिकाको महिला बालकालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षमा वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशी रहनु भएको थियो भने विशिष्ट अतिथीमा प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्ट रहनु भएको थियो ।

यसैगरी सहभागीहरुमा वेदकोट नगरपालिकाका सबै वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु,द्धन्द पिडित महिलाहरु, महिला अधिकारको क्षेत्रमा कार्यरत महिलालगाएतको उपश्थिती रहेको थियो ।

उक्त कार्यक्रमकमको प्रशिक्षकको रुपमा सामाजिक विकास मन्त्रालयका लैङिगक हिँशा प्रतिकार्य विज्ञ मेनुका बस्नेत विष्ट रहनु भएको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख जोशीले पालिकाले यो क्षेत्रमा आन्तरिक बजेटबाट विनियोजन गरी काम गरीरहेको बताउनु भयो ।

लैङिगक हिँशा निवारण कोषको स्थापना, लैङिगक समानता तथा सामाजिक समावेशीकरण निती निर्माण गरिएको बताउनु भयो ।

जस्मा महिला बालबालिका, अपाङगता, जेष्ठ नागरीकका हक अधिकारमा काम गरेको, कार्यविधी नितीमा पनि रहेको उनिहरुको उत्थानका लागि काम गरीएको बताउनु भयो । साथै पालिकाले गत वर्ष ६२ लाख बजेट महिला शसक्तिकरणमा विनियोजन गरेको र यो वर्ष अझै बढी बजेटमा काम गर्ने गरी विनियोजन गर्ने तैयारी रहेको बताउनु भयो ।

विशिष्ट अतिथीमा प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्टले पालिकाले विगतका दिनबाट यो क्षेत्रको हक अधिकारका लागि निति नियम बनाएर काम गरेको र आगमाी दिनमा पनि काम गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो ।

महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख राधिका पन्तले दवन्दकालमा अप्ठयारोमा परेका, यौनजन्य हिँशामा परेका, वेपत्ता पारिएका, मृत परिवार र घाईते परिवारहरुलाई राज्यले सम्बोधन गर्नका लागि यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.