महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ३ भासीमा रहेको महाकाली मोडर्न पब्लिक स्कुलमा राष्ट्रिय सेवा दल (एनसिसी) तालिम सुरु हुने भएको छ । सोमवार एक कार्यक्रमको आयोजना गर्दै नेपाली सेनाको समन्वयमा राष्ट्रिय सेवा दल (एनसिसी) जुनियर डिभिजन तालिमको औपचारिक उद्घाटन गरिएको छ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरु अभिभावक बराहदल गुल्म भगतपुर ब्यारेकका प्रतिनिधीहरुका विच एक कार्यक्रमको आयोजना गर्दै प्रथम प्रवचन सम्पन्न गरीएको छ । उक्त कार्यक्रमको सभाध्यक्षमा विद्यालयका संस्थापक प्रिन्सिपल दिजराज भट्ट, प्रमुख अतिथीमा बराहदल गुल्म भगतपुर ब्यारेकका गुल्मपति सेनानी सन्तोष अधिकारी, बिशिष्ट अतिथीमा नेपाली सेनाबाट अवकाश प्राप्त पूर्व सेनानी गोरख पुजारा,
बराहदल गुल्म भगतपुर ब्यारेकका सहायक गुल्मपति सह सेनानी एनसीसी समन्वय अधिकृत सुरज कटुवाल, विद्यालयका अध्यक्ष हर्कबहादुर धामीलगायतको उपश्थिती रहेको थियो ।
विद्यालयका संस्थापक प्रिन्सिपल दिजराज भट्टले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व विकास तथा राष्ट्रसेवाको भावना जागृत गराउने उद्देश्यले तालिमको संचालन गरीएको बताउनु भयो । विद्यालयलले विगतदेखी नै जिल्लामा पृथक र फरक प्रकार विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको अवगत गराउँदै यो तालिमले थप विद्यार्थीहरुमा उर्जा थपेको बताउनु भयो ।
युवामा व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धि गरी असल नागरिक बनाएर राष्ट्र विकासमा सहयोग पुगोस भन्ने उद्देश्यले तालिम दिईने बताउनु भयो ।
बराहदल गुल्म भगतपुर ब्यारेकका गुल्मपति सेनानी सन्तोष अधिकारीले नेपाली सेनाको राष्ट्रिय सेवा दल कार्यक्रमबारे जानकारी गराउँदै ‘तालिममा विद्यार्थीहरुलाई राष्ट्रप्रेम, नेतृत्व विकास, अनुशासन, जफादेहिता, ईमान्दारिता र बफादारीताका बारेमा सिकाईने बताउनु भयो ।
‘सैन्यलगायत मानवीय र सामाजिक क्षेत्रका बारेमा बालबालिकालाई तालिम दिइने र उक्त तालिम पश्चात विद्यार्थीहरुमा धेरै कुराहरुमा सकारात्मक परिवर्तन आउने बताउनु भयो ।
तीन महिनासम्म सञ्चालन हुने जुनियर विद्यालयमा ७९ दिन विभिन्न तालिम हुने तालिमपश्चात् प्रशिक्षार्थीलाई बाँकेको कोहलपुरस्थित कौशिलानगरमा थप २१ दिन तालिम प्रदान गरिने भएको छ ।
उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न राष्टिय गितमा साँस्कुतिक प्रस्तुतीहरु प्रदर्शन गरेका थिए ।
Comments are closed.