महेन्द्रनगर । कञ्चपुरको बेदकोट नगरपालिकाले आगामी आर्थिक बर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको छ । बेदकोट नगरपालिकाले मंगलबार १७औँ नगर सभाबाट आगामी आर्थिक बर्ष ०८२÷०८३ का लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको हो ।

बेदकोट नगरका प्रमुख भोजराज बोहराले आगामी आर्थिक बर्षका लागि नयाँ बजेटसंगै नयाँ कार्यक्रम ल्याएको बताए । उपप्रमुख तुलसी जोशीले नीति, कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । आगामी आर्थिक बर्षका लागि ९८ करोड, ६५ लाख २१ हजार ९ सय ५६ रुपैया बराबरको बजेट ल्याएको छ ।

जस मध्ये संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत प्राप्त रु. १४ करोड ४६ लाख राजश्व बाँडफाडवाट रु.१३ करोड ५ लाख १९ हजार ७७. संघीय सरकारवाट प्राप्त सशर्त अनुदान चाल तर्फ कुल रु. २६ करोड ३ लाख र पूँजीगत तर्फ रु. १ करोड ४७ लाख

संघीय विशेष अनुदान अन्तर्गत प्राप्त रु. ६९ लाख, संघीय समप्रक अनुदान रु. १ करोड ७३ लाख प्रदेश सरकारवाट प्राप्त वित्तिय समानीकरण अनुदान रु. १ करोड ३८ लाख २५ हजार, प्रदेश विशेष र समपुरक अनुदान अन्तर्गत प्राप्त रु. १ करोड २२ लाख, सवारी साधन कर बाँडफाँड शिर्षकमा प्राप्त रु. ६१ लाख २६ हजार, घरजग्गा रजिष्ट्रेशन दस्तुर अन्तर्गत रु.१ करोड,

आगामी आ.व.को लागी प्रक्षेपित आन्तरिक आयश्रोत तर्फ रु. ४ करोड ५१ हजार ८ सय ७९. चालु आ.व.वाट खर्च नभई वाँकी रहन सक्ने अनुमानित रकम रु. ८ करोड, सामाजिक सुरक्षा तथा संरक्षणतर्फ प्राप्त रकम रु. २२ करोड सडक बोर्ड अन्तर्गतको आय अनुमान रु. १ करोड र नगर अस्पताल १५ सैयाको लागी रु. २ करोड आय अनुमान गरिएको छ ।
आगामी आर्थिक वर्षका लागि चालू खर्च तर्फ कूल ७४ करोड २६ लाख २१ हजार ९ सय ५६ विनियोजनको प्रस्ताव गरिएको छ र कूल पूँजीगत खर्च रू. २४ करोड ३९ लाख प्रस्ताव गरिएको छ । गत विगतका बर्षहरुमा संचालित नगर गौरबका योजनादेखि एक विद्यालय एक नर्स कार्यक्रमदेखि आँखा उपचार केन्द्र स्थापना गरिनेछ ।
कोल्ड स्टोर सञ्चालन गर्ने, अस्थाई करार ज्यालादारीमा लामो समय देखी कार्यरत कर्मचारी हरुलाई सामाजिक सुरक्षाकोषमा आवद्द गर्ने, नगरको शान्ति सुरक्षाका लागि नगर प्रहरीको व्यवस्थापन गर्ने, आयुर्वेदिक स्वास्थ्य केन्द्रको स्थापना तथा सञ्चालनका लागि आवश्यक प्रवन्ध गर्ने, दैजीमा आखाँ उपचार केन्द्र स्थापना गर्ने,
दैनिक ज्यालादारीमा रहेका कर्मचारीहरुलाई मासिक ज्यालादारीमा रुपान्तरण गर्न आवश्यक प्रबन्ध गरिनेछन । नगर प्रमुख बोहराले नगरलाई पर्यटनमैत्री सहित सम्बृद्धि बनाईने बताए ।
Comments are closed.