महेन्द्रनगर । कञ्चनपुरमा रहेको सन्जिवनी नेपालले आपतकालिन अवस्थामा महिला संरक्षण सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । विपदका बेलामा महिलाहरु बढी जोखिममा पर्ने भएकाले विपद प्रभावित क्षेत्रका महिलाहरुलाई उक्त कार्यशाला गोष्ठीको आयोजना गरीएको हो ।

डिसिएको सहयोग, जिल्ला प्रशासन कार्यलय कञ्चनपुरको समन्वयमा र सन्जिवनी नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।आपतकालिन अवस्थामा महिलाहरु बढी जोखिममा रहने भएकाले उक्त समयमा आफु पनि सुरक्षित रहने र आफनो समुदाय घरका परिवारलाई कसरी सुरक्षित राख्न यो कार्यक्रमको आयोजना गरीएको संस्थाका कार्यकारी निर्देशक नितु भट्टले बताउनु भयो ।

साथै उहाँले विपद मात्रै नभएर अन्य विषयमा पनि महिलाहरुलाई कसरी संरक्षण र सम्बोधन गर्न सकिन्छ भनेर पनि जानकारी दिइएको बताउनु भयो ।
अहिले विभिन्न वडाका महिलाहरु, जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय नगरपालिकाका प्रतिनिधीहरु विच रहेर कार्यक्रम गरीएको बताउनु भयो ।
उहाँहरुले यो गोष्ठीमा सिकेको ज्ञानलाई विपदमा प्रयोग गर्ने, समुदायमा अगुवाको भुमिकामा रहेर आफनो मसुदाय समाजलाई कसरी सुरक्षित गर्न सकिन्छ, महिलाहरुलाई कसरी संरक्षण गर्ने विषयमा महत्वपूर्ण भुमिका निर्वाह गर्नेमा आफु विश्वस्त रहेको बताउनु भयो ।
यसैगरी सहभागी भीमदत्त नगरपालिका ११ महाकाली टोलकी कोमल सुनारले एकदिने कार्यशाला गोष्ठी प्रभावकारी रहेको र धेरै विषयमा नविनतम जानकारी पाएको बताउनु भयो । विपद आउँदाको तैयारी, विपदको सुचना जानकारी लिनका लागि कहाँ फोन गर्ने ? प्रतिकार्यहरु के कसरी गर्ने ? भन्ने विषयमा व्यापक छलफल र प्रस्तुतीकरण गरेको
र यहाँ सिकेको विषयहरु आफना समुदायमा समुहमा पनि जानकारी दिने बताउनु भयो । अहिले यो तालिममा आएका सहभागीले गाँउमा फर्किएर सिकेको ज्ञान समुदायमा सिकाउने बताउनु भयो ।
Comments are closed.