सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा बुधबार र बिहीबार सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको महाकाली बेसिन कार्यालयले जनाएको छ ।

सुदूरपश्चिमका कञ्चनपुर, कैलालीमा सामान्य वर्षा र पहाडी जिल्लाका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाकाली बेसिन कार्यालय अत्तरीयाका प्रमुख संजय कुमार शाहले जानकारी दिए । आज दिउँसो आंशिक वर्षा हुने छ

भने पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना छ । रातिको समयमा पहाडी जिल्लाहरुमा पहिरो जान सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

सम्बन्धित

Comments are closed.