आज असार १२ गते कञ्चनपुरमा विहान देखी मध्यम तथा भारी वर्षात भईरहेको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वान‘मान महाशाखाका अनुसार उक्त क्षेत्र भई बहने दोदा, काङला, सनवोरा अन्य स–साना खोलाहरूमा नदीहरुमा पानीको वहाव बढने भएको छ ।
नदी तटिय होचो क्षेत्रका स्थानियहरुलाई सर्तकता अपनाउन आग्रह गरीएको छ । बादल लागेर गड्याङ गुडुङ भई चट्याङ पर्नेजस्तो भए घरभित्र सुरक्षित बस्न मौसमविद्ले सुझाव दिएका छन्।
खेत, चौर, खोला, पोखरी, धारा जस्ता ठाउँमा चट्याङ परेका बेला जान नहुने मौसमका जानकारहरुको भनाई छ । मौसमसम्बन्धी थप जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको वेबसाइट dhm.gov.np फेसबुक एमएफडी डट नेपाल डट पाँच,’
ट्विटर डीएचएम अण्डरस्कोर वेदरमा गएर जानकारी लिन साथै ११५५ वा 01-4113345, 01-4113191मा फोन गरेर पनि मौसम बारेको जानकारी लिन सकिन्छ ।
Comments are closed.