महेन्द्रनगर । कञ्चनपुरमा लागुऔषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्ध अन्तराष्ट्रिय दिवश भव्यताको साथमा मनाइएको छ । विगत एक हप्तादेखी विभिन्न जनचेतना मुलक कार्यक्रमहरुको आयोजना गरीएको थियो ।

यसैक्रममा, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी केन्द्र महेन्द्रनगरको आयोजनामा विहिवार “लागुऔषध दुव्र्यशनी रोकथाम तथा नियन्त्रणमा युवाको भुमिका” विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरीएको छ । १८ वटा सामुदायिक तथा निजी विद्यालयको सहभागिता रहेको थियो ।
उक्त प्रतियोगितामा लिटिल वुद्ध एकेडेमी सेकेन्डरी स्कुलका छात्रा समुद्धी भट्ट प्रथम हुन सफल हुनु भएको छ । यसैगरी द्धितिय स्थानमा जनज्योती मावीका छात्रा अकेशा जोशी, र तृतिय स्थानमा महेन्द्रनगर मावी महेन्द्रनगरका छात्रा भावना जोशी रहेकी छन् ।
प्रथमलाई नगद ५ हजार प्रमाणपत्र द्धितियलाई नगद ३ हजार प्रमाणपत्र, र तृतिय हुनेलाई नगद २ हजार प्रमाणपत्र वितरण गरीएको थियो । कार्यक्रमका प्रमुख अतिथी कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले अहिले कञ्चनपुरमा लागुऔषधको निकै विगविगी रहेको बताउनु भयो ।
आफु पनि महेन्द्रनगर कै स्थानिय रहेको र यहाँ हुने हरेका गतिबिधी आफुलाई थाहा हुने भएकाले अहिले युवाहरु अधिकाँश कुलतमा फसेको र आफनो भविष्य आफैले नष्ट गरीरहेको बताउनु भयो ।
आज आफु असाध्यै चिन्तित रहेको बताउँदै युवाहरुलाई कुलतबाट फर्काउन र रोक्न सकिएन भने, भोलीका कर्णधारले देशलाई गतिशिल तर्फ लैजान नसक्नेर देश डुब्ने खतरामा रहने बताउनु भयो । सबै अभिभावकहरुले आफना नानी बाबुहरुलाई के कस्तो साथी संगतमा लागेको छ ? कस्तो वानी व्यवहार रहेको छ भनेर निगरानी गर्न आग्रह गर्नुभयो ।
विद्यालयका शिक्षकहरुले मात्रै विद्यार्थीहरुलाई सुधार्न नुक्ने अवस्थामा आमा बुवाहरुले पनि विचार गर्नुपर्ने विद्यालय र कलेजमा गएर आफना नानीबाबुहरुको विषयमा जानकारी लिन आवस्यक रहेको बताउनु भयो । कार्यक्रमका विशिष्ट अतिथी जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले सफल हुने पहिलो चरण भनेको अनुशासन रहेको बताउनु भयो ।
जस्ले अनुशासनमा भएर बस्न सक्दैन उसले आफनो जिवनमा सफलता पनि नपाउने बताउनु भयो । साथै युवाहरुले स्वस्थ्य जिवन जिउन आवस्यक रहेको बताउँदै, लागुऔषध र कुलतमा फसेकाहरुले कहिले पनि आफनो जिवनमा सफल नहुने बताउनु भयो ।
त्यही भएर स्वस्थ्य नागरिकले मुलुकलाई समृद्ध तर्फ लैजाने बताउनु भयो । भीमदत्त नगरपालिका उपप्रमुख निलम लेखकले विद्यार्थीहरुले अति उत्कृष्ट भनाई प्रस्तुत गरेको बताउनु भयो ।
यसरी नै युवाहरुले आफनो समुदायमा मात्रै नभएर सिंगो देशमा कुलत लागु औषधलाई हटाउने अभियानमा लाग्न आग्रह गर्नु भयो । आगामी दिनमा पालिकाले लागुऔषध न्युनिकरण गर्नका लगि विभिन्न कार्यक्रमहरु संचालनमा ल्याएको बताउनु भयो ।
हेल्प नेपाल अध्यक्ष तथा लागुऔषध रोकथाम अभियानका सुदूरपश्चिम संयोजक मदन चन्दले आफुले विगतदेखी सचेती करण गरीरहेको कार्य सरकारले अहिले आएर गर्नु खुसी लागेको बताउनु भयो । साथै यस्ता कार्यक्रममा अब उपरान्त मञ्चमा आसिन हुनका लागि लागुऔषध, चुरोट, गुटखा सबै त्यागेका व्यक्तीहरुलाई मात्रै मञ्चमा बसाउने नियम लागु हुनुपर्ने बताउनु भयो ।
यसैगरी प्रथम स्थान हासिल गर्ने लिटिल वुद्ध एकेडेमी सेकेन्डरी स्कुलका छात्रा समुद्धी भट्टले आफु पहिलो हुँदा खुसी लागेको बताउँदै लागुऔषध दुव्र्यशनी रोकथाम तथा नियन्त्रणमा युवाको भुमिका यस्ता कार्यक्रमहरु हरेका विद्यालयहरुमा आयोजना हुनुपर्ने बताउनु भयो ।
Comments are closed.