अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

महेन्द्रनगर । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक तथा विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गराएको छ । शुक्रबार भीमदत्त–२ मा रहेको अरुणीमा विद्या मन्दिरले पाठ्यपुस्तक रहित शुक्रबारको दिन १ (एक) दिने निशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरेको हो ।

दीर्घायु क्लिनिक एण्ड मेडिकेयर सेन्टर,लाइफ लाइन प्याथोलोजी,आधारभुत स्वास्थ्य कार्यालय वडा नं.०२ कार्यालय संगको सहकार्यमा निशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरीएको विद्यालयका संस्थापक डम्वरसिंह कार्कीले बताउनु भयो ।

हरेक शुक्रवार किताव विनाको बुक फ्रि डे अन्तरगत अभिभावकहरु, विद्यार्थीहरुको स्वास्थ्य अवस्था कस्तो रहेको छ भनेर जानकारी लिनका लागि यो शिविरको आयोजना गरीएको बताउनु भयो । विद्यालयको वार्षिक शैक्षिक योजना अन्तरगत नै शिविरको आयोजना गरीएको  र अभिभावकहरु सडकमा हिँडने स्थानियहरुले पनि स्वास्थ्य शिविरबाट सेवा लिएको बताउनु भयो ।

शिविरमा सेवा दिईरहनु भएका डा. विवेक सोनी र डा. दिपेन्द्र कुमार रावतले अभिभावक तथा विद्यार्थी लगाएर कुल १५५ जनाको स्वास्थ्य परिक्षण गरेको विध्यालयका संस्थापक डम्मर कार्कीले बताएका छन ।

एक दिने शिविरमा सुगर, रक्तचाप,नाक,कान,घाटी,दातँ,े आदिको प्राथमीक चेकजाँच गराईएको थियो । यसैगरी डा.विवेक सोनीका अनुसार बच्चाहरुमा टाउको, आँखा, पेट दुख्ने समस्या बढि देखिएको बताएका छन ।विद्यालयको पाठ्यपुस्तक रहित शुक्रबारमा बिद्यार्थीहरुलाई नाचगान,कला संस्कृति,प्रयोगात्मक,रचनात्मक क्षमताको विकास, सगै विद्यार्थीहरुको सर्वाङ्गिक विकासमा संस्कार युक्त शिक्षामा विद्यालय टिम निरन्तर लागि रहेको संस्थापक कार्कीले बताएका छन ।

बालबालिकाहरुको शिक्षामा मात्र नभई स्वास्थ्यमा पनि ख्याल गर्ने गरी सञ्चालनमा ल्याएको कार्यक्रमबाट अभिभावकहरुले खुसी हुदै विद्यालय टिमलाई धन्यवाद दिईरहेका छन ।

 

 

सम्बन्धित

Comments are closed.