भीमदत्त २ मा लागुऔषध रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा लागुऔषध रोकथाम तथा नियन्त्रण सम्बन्धी जनचेतनामुलक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरीएको छ ।

वडा नम्वर २ कार्यालयको आयोजनामा लागु औषध दुव्र्यसनी न्यूनिकरण सम्बन्धमा युवायुवतीहरु, जनप्रतिनिधी अभिभावकहरुई जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको भीमदत्त नगरपालिका वडा नम्वर २ का अध्यक्ष उत्तम प्रशाद भट्टले जानकारी दिनु भयो ।

पछिल्लो समय भयावह रुपमा फैलिएको लागुऔषध न्यूनिकरणका लागि समुदायस्तरमा कार्यक्रमको आयोजना गरेको बताउनु भयो ।

लागुऔषधको जालो भत्काउने वडाले समुदायमा रहेका शिक्षक, अभिभावकहरु, जनप्रतिनिधी लगायतलाई राखेर यस्को जानकारी प्रदान गरिएको उहाँले बताउनु भयो ।

लागुऔषधको प्रयोगले गर्ने असर, कानुनी कारबाहीहरु तथा लागुऔषधको जालोमा फस्नबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट आउनु भएका प्रशिक्षकहरुले जानकारी दिनु भएको थियो ।

सम्बन्धित

Comments are closed.