असार १४ गते कञ्चनपुरमा विहानै देखि वर्षा, सर्तकता अपनाउन आग्रह

महेन्द्रनगर ।। आज असार १४ गते कञ्चनपुर सहित सुदूरपश्चिमको अन्य जिल्लामा समेत मेघगर्जन ÷ चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार महाकाली नदी र कञ्चनपुरमा रहेका स साना नदीहरुमा पानीको वहावमा परिवर्तन भई डुवान र बाढी आउने भएका नदी तटिय क्षेत्रका स्थानिययहरुलाई सर्तकता अपनाउन आग्रह गरीएको छ ।
सुनवरा, दोदा, खङला, लगायतका नदीमा पानीको वहाव बढने सम्भावना रहेको छ । यस्तो बेलामा नदी तटिय क्षेत्रमा नजान आग्रह गरीएको छ ।
बादल लागेर गड्याङ गुडुङ भई चट्याङ पर्ने जस्तो भए घर भित्र सुरक्षित बस्न मौसमविद्ले सुझाव दिएका छन् ।
खेत, चौर, खोला, पोखरी, धारा जस्ता ठाउँमा चट्याङ परेको बेला जान नहुने मौसमका जानकारहरुको भनाई छ ।
मौसम सम्बन्धी थप जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको वेबसाइटdhm.gov.np, फेसबुक एम एफ डी डट नेपाल डट पाँच, ट्विटर डी एच एम अण्डर स्कोर वेदरमा गएर जानकारी लिन र साथै फोन बाट पनि जानकारी लिनका लागि ११५५,वा ०१ ४११३३४५ र ०१ ४११३१९१ मा फोन गरेर पनि मौसम बारे जानकारी लिन सकिन्छ ।

सम्बन्धित

Comments are closed.