सुदूरपश्चिममा सबै भन्दा बढी एसईई मा ‘ए’ प्लस ल्याउने कञ्चनपुरको लिटिल बुद्ध

महेन्द्रनगर । कञ्चनपुरमा रहेको लिटिल बुद्ध एकेडेमीले सुदूरपश्चिममा सबै भन्दा बढी एसईई मा ‘ए’ प्लस ल्याउने विद्यालय बन्न सफल भएको छ ।

भीमदत्त नगरपालिका ३ महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमीका विद्यार्थी एसईईमा उत्कृष्ट नतिजा ल्याउनेमा देखिएका हुन ।

गत शैक्षिक सत्र ०८१ मा राष्ट्रिय परीक्षा बोर्डले संचालन गरेको माध्यामिक परीक्षा शिक्षा एसईईमा सहभागि मध्ये ४१ विद्यार्थीले ए प्लस ग्रेट ल्याएको र सम्भवत सुदूरपश्चिममा सबै भन्दा बढी ए प्लस ग्रेड ल्याउने आफनो विद्यालय रहेको प्रिन्सिपल श्याम सिह मौनीले दावी गर्नु भयो ।

भने, ७० विद्यार्थीले ए, ४१ विद्यार्थीले बिप्लस र ९ विद्यार्थीले बि ग्रेट ल्याएका हुन । साथै उहाँले एसइइमा सबै भन्दा बढी विद्याथीृ पनि आफनै स्कुल पास भएको बताउनु भयो ।

कुल १६१ विद्यार्थी उर्तिण भएका छन । ९४.४० प्रतिशत विद्यार्थी उर्तिण भएका छन । कक्षा १० को परीक्षामा सहभागि भएदेखि यता लिटिल बुद्ध एकेडेमीका विद्यार्थीले निरन्तर उत्कृष्ट नतिजा ल्याउँदै आएको छ ।

लिटिल बुद्ध एकेडेमीका प्रिन्सिपल श्याम सिह मौनीले विद्यार्थी, शिक्षक, विद्यालय, अभिभाव, समुदाय सहितका सरोकारवालाको मेहनत, निर्देशन, निगरानी,सहयोगको प्रतिफल भएको बताए । प्रिन्सिपल मौनीले आगामी दिनमा थप स्तरिय नतिता ल्याउने प्रतिज्ञा गरेका छन ।

सम्बन्धित

Comments are closed.