महेन्द्रनगर । विहिवारेदेखी सुरु भएको “टुर प्याकेज डेभलोपमेन्ट तालिम” सम्पन्न भएको छ । ट्राभल व्यवसायीहरु, पर्यटकको क्षेत्रमा कार्यरत, होटल व्यवसायीका लागि तिन दिने “टुर प्याकेज डेभलोपमेन्ट तालिम” सम्पन्न भएको हो ।

सुदूरपश्चिमका बाजुरा, दार्चुला, डोटी कैलाली, डडेल्धुरा, कञ्चनपुरलगायत अन्य जिल्लाका व्यवसायीहरुको सहभागिता रहेको थियो ।उक्त तालिमबाट धेरै विषयमा जानकारी प्राप्त भएको सहभाीहरुले बताएका छन् । समापन कार्यक्रमका प्रमुख अतिथी उद्योग पर्यटक वन तथा वातावरण मन्त्रालयका सचिव दिर्घनारायण कोईरालाले यो तालिममा सिकेका सिपहरु, जानकारीहरु ज्ञानहरुलाई आफनो व्यवसायमा परिणत गर्ने लागु गर्न आग्रह गर्नु भयो ।

अर्काे वर्ष तिनदिन बाट बढाएर एक हप्ता सम्मको क्षमता विकास लगायतको तालिम व्यवस्था गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो । पर्यटन क्षेत्रहरुमा आफुले राम्रो प्याकेज गराएर बढी भन्दा बढी स्थानिय कला संस्कृती, खानपानलाई पनि जोडेर प्याकेज बनाउनु पर्ने बताउनु भयो ।
पर्यटन व्यवसायी परमानन्द भण्डारीले सुदूरपश्चिममा रहेका महाकाली र कर्णालीको रयापटिङ, शुक्लाफाँटामा २ देखी ३ दिन पहाडमा खप्तड र अपीलार्य जोडेर पनि प्याकेज निर्माण गर्न सकिने बताउनु भयनो।
यो तालिम पश्चात आफनो व्यवसायीलाई अझै बढी व्यवस्थित रुपमा आफनो प्याकेजहरु बनाएर पर्यटकहरुलाइ सेवा दिने बताउनु भयो । साथै सुदूरपश्चिममा विभिन्न पर्यटकयि क्षेत्रहरु रहेको अवस्थामा पर्यटकहरुलाई के कस्ता प्याकेजहरु ब्नाउन सकिन्छ भनेर जानकारी यो तालिमले दिने बताउनु भयो ।
स्थानीय गन्तव्यहरूमा नयाँ प्याकेज कसरी तयार गर्ने, कसरी पर्यटकहरुलाइ आतिथ्यता दिने ? भन्ने विषयमा जानकारी पाइएको सहभागी एवम भादा थारु समुदाय होम स्टेका संचालक लक्ष्मी नारायणले बताउनु भयो ।
यो भन्दा अगाढी सामान्य रुपमा संचालन गरीरहेको बभएपनि यो तालिम पश्चात अझै यसलाई राम्रो बनाएर लैजान बताउनु भयो । आफुले रैथाने खानेकुरा कला संस्कृतीलाई कसरी टुर प्याकेजमा समावेश गर्न सकिन्छ, जोडन सकिन्छ भनेर यो तालिमबाट सिकेको उहाँले बताउनु भयो ।
तालिमका संयोजक जगदिश चन्द्र भट्टले यो तिनदिनको तालिमले युवा उद्यमशीलता र स्वरोजगारको बाटो खोल्ने, स्थानीय संस्कृतिको पर्यटनमा प्रयोग बढ्ने आफुले विश्वास लिएको बताउनु भयो ।
टुर प्याकेजमा आफनो व्यवसायीक्ता स्थानिय खानपिनलाई व्यवस्थीत तवरले पस्कने र टुर प्याकेजलाई अझै बढी व्यवसायीक संग जोडेर लैजान सक्षम भउको बताउनु भयो ।
कार्यक्रमका सभाध्यक्ष एवम नाटा सुदूरपश्चिम प्रदेश अध्यक्ष पदम विक्रम सिंहले सुदूरपश्चिम प्रदेशमा रहेका पर्यटन क्षेत्रलाई व्यवस्थीत तवरले राम्रो प्याकेज बनाएर कसरी संचालन गर्न सकिन्छ भनेर ज्ञान दिने प्रमुख उदेश्य रहेको बताउनु भयो ।
ती क्षेत्रमा व्यवसायीक रुपमा प्यापेजहरु निर्माण गरेर अझै पर्यटकहरुलाई बढी भन्दा बढी भित्राउन मद्धत पुग्ने बताउनु भयो । यो कार्यक्रमको संचालन नाटा सुदूरपश्चिमका महासचिव शिवहरी पाण्डेयले गर्नु भएको थियो ।
Comments are closed.