महेन्द्रनगर । “पराल काटने मसिन नै विग्रीएको छ अहिले, यो मसिन बनाईदिने वा किनिदिने व्यवस्था भए अझै बढी च्याँउ उत्पादन गरेर सस्तोमा बेच्थे” च्याँउ किसान भीमदत्त नगरपालिका ६ वनगाँउ की पार्वती थापाले भन्नुभयो, मिल्की च्याँउ मात्रै ३ सयमा बेचिरहेकी छु, बजारमा ५ सयदेखी ७ सयमा पनि बेच्छन, मैले अहिले धेरै च्याँउ बेचेकी छु मसिन विग्रिएर समस्या भएको छ , काम र मिहिनेत गरे हरेक कुरा सम्भव छ भन्ने उदाहरण कञ्चनपुरको भीमदत्त नगरपालिका ६ वनगाँउ की पार्वती थापाले दिनु भएको छ ।

एकल महिला, परिवारमा सबैको आर्थिक जिम्मेवारी लिएर च्याँउ खेतीमा लाग्नु भएकी उहाँले अहिले मनग्य आम्दानी गरीरहनु भएको छ । चिशो सिजनमा कन्ये च्याँउ र अहिले मिल्की च्याउको उत्पादन गरेर आम्दानीको साथैमा आफनो दुई छोरालाई काठमाण्डौमा राखेर पढाईपनि गराई रहनु भएको छ ।

वार्षिक ३ देखी ४ लाखको कारोबार गरेर एक देखी डेढ लाख सम्म बचत पनि गर्दै आईरहनु भएको छ । सिजनमा केही महिलाहरुलाई रोजगारी पनि दिएर आफुले च्याँउ उत्पादन गरेको च्याँउ किसान पार्वती थापाले बताउनु भयो ।
यो वर्षमा पहिलो पटक मिल्की च्याँउ उत्पादन गरेको बताँउँदै अहिले केजीको ३ सयमा विक्री गरेको बताउनु भयो । च्याँउ खोज्न अहिले ग्राहकहरु घरमा आउने गरेको बजारमा लैजान नपर्ने बताउनु भयो । श्रिमान वितेको ८ वर्ष भएको र अहिले आफनो परिवारलाई धान्ने यो च्याउ नै रहेको बताउनु भयो ।
कृषी ज्ञान केन्द्रले पनि समय समयमा विभिन्न सहयोग गरेको र आफनो मिहिनेत लगनशिलताले गर्दा राम्रै व्यवसाय भएको बताउनु भयो । “यस्मा धेरै मिहिनेत, धेरे समय दिनु पर्छ, बढी खटिनुपर्छ” उहाँले भन्नु भयो, “च्याँउ उत्पादन गर्न निकै कठिन छ तर कम लगानीमा सप्रियो भने बढी फाईदा लिन सकिन्छ
च्याँउ खेतीबाट ”अहिले च्याँउ उत्पादन गर्नका लागि बिँउहरु पाईदैन बजारमा काठमाण्डौबाट बिँउ मगाएर मिल्की च्याउ उत्पादन गरेको र अहिले राम्रै उत्पादन भएको बताउनु भयो ।
अहिले एक पोकाबाट २ पटक च्याँउ विक्रि गरीसकेको बताउनु भयो । पराल काट्ने मसिन बिग्रीएर थन्किएको छ त्यो बनाउन पाँए वा किन्न पाँए राम्रै हुने उहाँको भनाई रहेको छ ।
२ छोरालाई पढाउन घरको खर्च सबै यही बाट भएको छ, मसिन किन्ने पैसाको जोहो पनि हुन नसकेको कहीँबाट अनुदान पाए पराल काटने मेसिन किन्ने विचार रहेको उहाँले बताउनु भयो ।
Comments are closed.