शुक्लाफाँटामा २ दिने बहिरा नागरिकहरुलाई अभिमुखीकरण कार्यक्रम सुरु

महेन्द्रनगर । कञ्चनपुरमा २ दिने बहिरा नागरिकहरुलाई अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । “सांकेतिक भाषा अधिकारका लागि संकेत गरी“ भन्ने नारा सहित बहिरा नागरिकहरुलाई अभिमुखिकरण कार्यक्रम आइतबार देखि सुरुभएको हो ।

शुक्लाफाँटा नगरपालिकामा सुरु भएको कार्यक्रममा कंचनपुर बहिरा संघका अध्यक्ष खडक ब. रानाको सभापतित्वमा र शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रण बः महराको प्रमुख आतिथ्यमा सुरु भएको अभिमुखीकरण कार्यक्रममा विशिष्ट अतिथीमा नगर उपप्रमुख कल्पना जोशी पन्त र नगर प्रवक्ता लाल ऐर रहेका थिए ।

अतिथीको रुपमा बेस संस्था कंचनपुरका अध्यक्ष हवल्दार चौधरी रहेका थिए भने स्वागत मन्तव्य बहिरा संघ कंचनपुर उपाध्यक्ष सुनिल डगौरा राख्नु भएको थियो ।

भने, कार्यक्रम संचालन दानसिंह डगौराले गर्नुभएको थियो । दोभाषेको रूपमा धनबहादुर रानाले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख महराले थोरै बजेट भएपनि कम समयमा सांकेतिक भाषा र बौद्धिक क्षमताको विकास हुने विश्वास रहेको बताउनु भयो ।

आगामी वर्षमा पनि कार्यक्रमका लागी बजेट छुट्याउने प्रतिवद्धता जाहेर गर्नु भयो ।

सम्बन्धित

Comments are closed.