महेन्द्रनगर । कञ्चनपुरमा आज असार १६ गते विहान देखी उच्च वर्षा भईरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुरमा भोली असार १७ गतेसम्म उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।
भोली विहान सम्म जिल्लामा उच्च वर्षा हुने भएकाले सबैले उच्च सर्तकता अपनाउन आग्रह मोवाइृलमा सन्देश पठाएर सर्तकता अपनाउन आग्रह गरेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ, पश्चिम नेपालको केही नजिक रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
त्यसैको प्रभावको कारण सुदूरपश्चिम प्रदेशमा भारीदेखि धेरै भारीसम्म वर्षा भइरहेको छ। कञ्चनपुरको एक केन्द्रमा अति भारी वर्षा भएको छ।
विभागका अनुसार कञ्चनपुरको बेलौरी केन्द्रमा पछिल्लो २४ घन्टामा २५५ मिलिमिटर वर्षा भएको छ। त्यस्तै धनगढी विमानस्थलमा १९३ मिलिमिटर वर्षा भएको छ।
त्यस्तै कञ्चनपुरकै कृष्णपुरमा १४८।४ मिलिमिटर वर्षा भएको छ। बाढी पूर्वानुमान महाशाखाले कञ्चनपुरको बेलौरी क्षेत्र भई बहने सिहाली, दोदा मछेली लगायत स–साना खोलाहरूमा बहाव बढ्न सक्नेतर्फ सचेत गराएको छ।
Comments are closed.