कैलालीमा सर्पले टोकेर एक पुरुषको मृत्यु

महेन्द्रनगर । कैलालीको ओलानीमा सर्पले टोकेर एक पुरुषको मृत्यु भएको छ । सोमबार बिहान सर्पले टोकेर गोदावरी नगरपालिका –१२ ओलानीका ४३ वर्षीय राम बहादुर बुढाको मृत्यु भएको हो ।

आफ्नै घरको अगाडि सर्पले टोकेर घाइते भएका बुढाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा दिउँसो २बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताएका छन् ।

सम्बन्धित

Comments are closed.