कैलालीमा धारिलो हतियार प्रहार गरी वृद्धाको हत्या

महेन्द्रनगर । कैलालीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा एक वृद्धाको शव फेला परेको छ । जानकी गाउँपालिका–९ अमरावतीमा ८० वर्षीया मातादेवी शाहीको हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

शाहीको शव बिहान सवा ८ बजेको समयमा उनको दुई तले घरको सुत्ने कोठामा फेला परेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० राजकुमार सिंहले जानकारी दिए ।

उनकाअनुसार शाही एक्लै बस्ने दुई तले घरको माथिल्लो तलामा सुत्ने कोठाको खटियामा मृत अवस्थामा उनी भेटिएकी हुन् ।

प्रारम्भिक अनुसन्धानमा उनको छातीमा धारिलो हतियार प्रहार गरिएको तथा घाटीमा समेत चोट देखिएको डीएसपी सिंहले बताए ।

घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरको प्रयोग गरिएको छ तर अहिलेसम्म घटनाबारे कुनै तथ्य फेला पर्न सकेको छैन ।

घटनास्थल कार्य सकेर मृतकको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

Comments are closed.