महेन्द्रनगर । कैलालीबाट अफिमसहित ३ जना पक्राउ परेका छन् ।
घोडाघोडी नगरपालिका–१ सुखड स्थित पञ्चकोशी होटल एण्ड रेष्टुरेण्टबाट हुम्लाको सर्केगाड गाउँपालिका–५ बस्ने ३२ वर्षीय लोकेन्द्रबहादुर शाही, २७ वर्षका सालु शाही र कैलालीको भजनिरोड स्थित सिटिजन बैङ्क नजिकबाट रोल्पाको सुनछहरी गाउँपालिका–३ बस्ने ३२ वर्षकी पुर्णिमा पुन मगर पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यलय सुखड, कैलाली, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट २ किलो ७ सय १४ ग्राम अफिम बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
Comments are closed.