डोटीको झिंग्रना आसपास मा भारी वर्षा

महेन्द्रनगर । आज असार १८ गते डोटीको झिंग्रना आसपास मा अहिले बेलुकीको ५ बजे भारी वर्षा भइृरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार उक्त क्षेत्रको आसपासका खोलानालामा बाढी आउन सक्ने जनाएको छ ।

उक्त क्षेत्रमा सुरक्षित र सर्तकता अपनाउन आग्रह गरीएको छ । यस्तो बेलामा नदी तटिय क्षेत्रमा नजान आग्रह गरीएको छ ।

बादल लागेर गड्याङ गुडुङ भई चट्याङ पर्नेजस्तो भए घरभित्र सुरक्षित बस्न मौसमविद्ले सुझाव दिएका छन्। खेत, चौर, खोला, पोखरी, धारा जस्ता ठाउँमा चट्याङ परेका बेला जान नहुने मौसमका जानकारहरुको भनाई छ ।

मौसमसम्बन्धी थप जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको वेबसाइट डिएच एम डट जि व भी डट एनपी फेसबुक एमएफडी डट नेपाल डट पाँच, ट्विटर डीएचएम अण्डरस्कोर वेदरमा गएर जानकारी लिन र साथै फोनबाट पनि जानकारी लिनका लागि ११५५,वा ०१४११३३४५ र ०१४११३१९१ मा फोन गरेर पनि मौसम बारेको जानकारी लिन सकिन्छ ।

सम्बन्धित

Comments are closed.