गृहमन्त्री लेखक ः राजनीतिक षड्यन्त्रको एम्बुसमा परे

महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले आफू राजनीतिक षड्यन्त्रको एम्बुसमा परेको बताए ।

बुधबार डडेल्धुरामा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा ‘सरकार र समीकरणलाई कमजोर पार्ने उद्देश्यले म विरुद्ध षड्यन्त्र गरिएको हो,’ उनले भने, ‘एउटा कार्यालयका कर्मचारीमाथि छानबिन हुँदा मन्त्रीलाई जोड्नुको नियत प्रष्टै छ।’

अध्यागमनसम्बन्धी समस्या समाधानका लागि सरकार र प्रतिपक्षी दलबीच सहमति भई उच्चस्तरीय समिति बनेको उल्लेख गर्दै उनले भने, ‘सुदूरपश्चिमको विकासका लागि सरकार सबै तवरबाट लागिरहेको छ।

यसैगरी, वर्तमान सत्ता गठबन्धनलाई आगामी २०८४ सालसम्म निरन्तरता दिनुपर्ने बताएका छन्। उनले भने, ‘कांग्रेस–एमाले गठबन्धन मुलुकको आवश्यकता हो।’ उनले थपे,

‘मैले हिजो पनि पार्टीको केन्द्रीय समिति बैठकमा ८४ सम्म यो गठबन्धनलाई निरन्तरता दिनुपर्छ भनेको छु। सरकार बनेको एक वर्ष हुन लागिसकेको छ।

अहिले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू हुनुहुन्छ, एक वर्षपछि हाम्रो सभापति आदरणीय नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ र ८४ को निर्वाचन देउवा दाइले नै गर्नुहुन्छ।’‘गठबन्धनको विकल्प छैन,’ गृहमन्त्री लेखकले भने, ‘हाम्रो गतिविधि, क्रियाकलाप र काम कारबाही गठबन्धनको भावना अनुसार हुनुपर्छ।’

सम्बन्धित

Comments are closed.