एसइईमा बाजुरा उत्कृष्ट, डडेल्धुरा पुछारमा

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशबाट माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा बाजुराले उत्कृष्ट नतिजा ल्याएको छ । शिक्षा विकास निर्देशनालय डोटीका अनुसार शैक्षिक सत्र २०८१ मा नियमित तर्फ एसइई परीक्षा दिएका मध्ये बाजुराको उत्तीर्ण दर सुदूरपश्चिममै उत्कृष्ट रहेको छ ।

बाजुराबाट नियमित तर्फ २ हजार ३१८ विद्यार्थीले एसइई दिएकोमा १ हजार १९९ विद्यार्थी उत्तीर्ण भएको शिक्षा विकास निर्देशनालयका सूचना अधिकारी कृष्ण बहादुर बोहराले बताए । जुन ५८ दशमलव ७२ प्रतिशत हुन आउँछ । प्रदेशमा सबैभन्दा कम उत्तीर्ण दर डडेल्धुराको रहेको छ ।

डडेल्धुराबाट एसइई दिएका मध्ये २७ दशमलव ५१ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएको निर्देशनालयले जनाएको छ । डडेल्धुराबाट १ हजार ८४८ विद्यार्थी सहभागी भएकोमा ५३६ उत्तीर्ण भएका हुन ।
प्रदेशमा बाजुरा पछि बैतडीबाट धेरै प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

बैतडीबाट एसइईमा ४ हजार २१८ विद्यार्थी सहभागी भएकोमा २ हजार २०६ विद्यार्थी उत्तीर्ण भएका छन् । जुन कुल विद्यार्थी संख्याको ५२ दशमलव २९ प्रतिशत हो ।

यस्तै कञ्चनपुरबाट ४५ दशमलव २३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । जिल्लाबाट ८ हजार ८२९ विद्यार्थी सहभागी भएकोमा ४ हजार ८३५ विद्यार्थी उत्तीर्ण भएका छन् ।

कैलालीबाट ४३ दशमलव ०१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । कैलालीबाट नियमित तर्फ एसइईमा १४ हजार ३६६ विद्यार्थी सहभागी भएकोमा ६ हजार १७९ उत्तीर्ण भएका छन् ।

निर्देशनालयका अनुसार अछामबाट ४० दशमलव ७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।जिल्लाबाट ४ हजार ९६७ विद्यार्थी सहभागी भएकोमा २ हजार २४ उत्तीर्ण भएका छन् ।

यस्तै डोटीबाट डोटी ३६ दशमलव ८२, दार्चुलाबाट ३५ दशमलव ०५ र बझाङमा ३१ दशमलव ३७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । डोटीबाट २ हजार ९१४ विद्यार्थी सहभागी भएकोमा १ हजार ७३ उत्तीर्ण भएका छन् ।

दार्चुलाबाट २ हजार १८१ सहभागी भएकोमा ७६५ विद्यार्थी उत्तीर्ण भएका छन् भने बझाङबाट ४ हजार ६३७ विद्यार्थी सहभागी भएकोमा १ हजार ५६३ विद्यार्थी उत्तीर्ण भएका छन् ।

सम्बन्धित

Comments are closed.