महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ४ मा रहेको श्री सिद्धनाथ मन्दिर विकास समितिले (हनुमान र नन्दी) का मुर्तिहरुको प्राण प्रतिष्ठा एवं अभिषेकात्मक लघु रुद्री एवं श्रृङ्गगारिक महाआरतिको आयोजना गर्ने भएको छ ।
श्रावण १ गते देखि श्रावण ७ गते सम्म आयोजना उक्त कार्यक्रमको आयोजना हुने सोमवार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
श्रावण १ गते हजारौ भक्तजनहरुको सहभागितामा कलस यात्रा निकालिने र प्रत्यके दिन विभिन्न धार्मिक प्रवचन, अभिषेकात्मक लघु रुद्री एवं श्रृङ्गगारिक महाआरतिको आयोजना गरिने शास्त्रिय उमाकान्त अवश्थीले जानकारी दिनुभयो ।
विहान ६ बजेर ३० मिनेट देखी विद्धान व्राह्मणहरुले वैद्धिक मन्त्र उच्चारण गरेर पुजन हुने, अभिषेकात्मक लघु रुद्री पाठ, प्रवचन, लिला, शिवको महिमा, श्रृङ्गगारिक महाआरतिको आयोजना हुने उहाँले बताउनु भयो । यो महान धार्मिक पर्वमा आएर प्रशाद ग्रहण धार्मिक प्रवचन सुनेर पुण्य कमाउन पनि उहाँले आग्रह गर्नु भएको छ ।
पवित्र महिनामा यो धार्मिक कार्यको आयोजना भईरहेको हुँदा सम्पुर्ण भक्तजनहरुमा सहभागिताको लागि उहाँले आग्रह पनि गर्नु भएको छ ।
सिद्धनाथ मन्दिर विकास समितिका कार्यवाहक महासचिव सिके भट्टले समाजलाई सुविचार तर्फ उन्मुख गराउन, संस्कृत युक्त,सभ्य समाज निर्माण गर्नका लगि यो धार्मिक कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
पछिल्लो समय समाज एकदमै नकारात्मकता तर्फ उन्मुख भईरहेको र समाजलाई विकृती विसंगतीको जडोलाई उखालेर फाल्नका लगि यो धार्मिक कार्यक्रमले सहयोग पुग्ने बताउनु भयो । यो कार्यक्रममा श्रद्धालुभक्तजनहरुको सहभागिताको लागि आग्रह गर्नु भयो ।
उक्त धार्मिक कार्यक्रमलाई सफलता पूर्वक सम्पन्न गर्नका लागि उपसमितिहरु निर्माण गरिएका छन् । अतिथि सत्कार एवं स्वागतको संयोजक शान्ती देवी ऐर टेन्ट एवं साउन्ड व्यवस्थापन संयोजक भुवन कुँवर प्रचार प्रसार, धार्मिक, सांस्कृतिक संयोजकमा चन्द्रकान्त भट्ट रहनु भएको छ ।
यसैगरी, पुजा व्यवस्थापन एवं यज्ञ व्यवस्थापन. संयोजक. शुरेश प्रकाश चटौत, अभिनन्दन एवं सम्मान कार्यक्रम संयोजक तेज वहादुर भण्डारी,
कलश यात्रा व्यवस््थापन संयोजक नारु जोशी, व्राह्मण एवं नृत्यकर्म व्यवस्थापन संयोजक लोक राज भण्डारी, श्रद्वालु भक्तजन एवं जनसम्पर्क संयोजक होम बहादुर कुंवर रहनु भएको छ ।
Comments are closed.