महेन्द्रनगर । कञ्चनपुरमा आज असार २४ गते पछिल्लो ३ घण्टामा कन्चनपुरको ज्यामिरखाली,हनुमाननगर वर्षामापन केन्द्र र आसपासमा मध्यम वर्षा मापन भएको छ।
थप बर्षा हुने सम्भावना भएकाले,सो क्षेत्र भई बहने स(साना खोलामा आकस्मिक बहाब बढ्न सक्ने रहेकाले नदी खोला तटिय क्षेत्रमा नजान आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
अहिले भीमदत्त नगरपालिका, वेदकोट , नगरपालिका, शुक्लाफाँटा नगरपालिका, दोधारा चादनी नगरपालिकामा अहिले भारी वर्षात भईरहेको हो ।
जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार महाकाली नदी र कञ्चनपुरमा रहेका स साना नदीहरुमा पानीको वहावमा परिवर्तन भई डुवान र बाढी आउने भएका नदी तटिय क्षेत्रका स्थानिययहरुलाई सर्तकता अपनाउन आग्रह गरीएको छ ।
सुनवरा, दोदा, काङला, बनहरा लगायतका नदीमा पानीको वहाव बढने सम्भावना रहेको छ । यस्तो बेलामा नदी तटिय क्षेत्रमा नजान आग्रह गरीएको छ ।
बादल लागेर गड्याङ गुडुङ भई चट्याङ पर्ने जस्तो भए घर भित्र सुरक्षित बस्न मौसमविद्ले सुझाव दिएका छन् । खेत, चौर, खोला, पोखरी, धारा जस्ता ठाउँमा चट्याङ परेको बेला जान नहुने मौसमका जानकारहरुको भनाई छ मौसम सम्बन्धी थप जानकारीका लागि
जल तथा मौसम विज्ञान विभागको वेबसाइट डि एच एम डट ओ आर जी डट एन पी फेसबुक एम एफ डी डट नेपाल डट पाँच, ट्विटर डी एच एम अण्डर स्कोर वेदरमा गएर जानकारी लिन र साथै फोन बाट पनि जानकारी लिनका लागि ११५५,वा ०१ ४११३३४५ र ०१ ४११३१९१ मा फोन गरेर पनि मौसम बारे जानकारी लिन सकिन्छ ।
Comments are closed.