महेन्द्रनगर । कञ्चनपुरको पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत बेदकोट नगरपालिका ७ सुडा खोलाको पुल ठेक्का समय अगावै पुर्ननिर्माण भएको छ । गत बर्ष २३ असार ०८१ मा आएको खोलाको वाढीले भत्काएको कञ्चनपुर सुडाको पुल निर्माण मिति भन्दा अगावै गुणस्तरिय पुल सम्पन्न भई संचालनमा आएको छ ।
जिल्लाभरी वाढीले भत्काएका पुल, तटबन्ध, सडक, नहर सहितका अन्य सरचना अहिलेसम्म पुर्ननिर्माण भएका छैनन, तर सुडा पुल समयमै निर्माण भएको छ । महरा न्यू जोशी जेभीका संचालक भीमराज जोशीले कार्यालयसंग सम्झौता गरेकोे मापदण्ड अनुरुप पुल निर्माण गरेको बताए ।
‘जिल्ला मुकाम जोड्नेदेखि मुकामदेखि देशभरका जिल्लाहरु जोड्ने मुल राजमार्गमा चुनौतीका विच पनि हामीले समयै अवागै पुल निर्माण सम्पन्न गरेका छौँ ।’ सम्झौता अवागै पुल निर्माण भएपछि स्थानीयदेखि यात्रु, मालबहाक सवारी साधनलाई सहज भएको छ ।
’निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरन्जन प्रशाद भट्टले निर्माण व्यवसायीलाई सम्बन्धीत सरोकारवाला सबै पक्षबाट काम गर्ने वातावरण सृजना हुँदा सम्झौता अवागै काम सम्पन्न भएको बताए ।
‘हाम्रा निर्माण व्यवसायीले पाएको जिम्मेबार पुरा गर्दछन, सम्बन्धीत कार्यालयदेखि सेवाग्राहीबाट सहयोग नहुँदा कहिलेकाही समस्या आउँछ, ‘उनले भने, ‘सुडा खोलाकोे पुल समयमै निर्माण भएपछि स्थानीयदेखि व्यवसायिक सबै क्षेत्रलाई सुविधा भएको छ ।’
सम्झौता अवागै मापदण्ड अनुरुप गुणस्तरियकाम गर्ने निर्माण कम्पनीको नागरिकदेखि सरकारी, गैरसरकारी क्षेत्रबाट मुल्याङकन गर्नुपर्र्नमा जोडदिए । निर्माण व्यवसायीमाथि प्रशन उठाउने मात्रै होईन राम्रो काम गरेकोे पनि प्रसंसा गर्दै देश निर्माणका क्षेत्रमा कार्यरत रहेका व्यवसायीलाई उत्साह दिनुपर्ने अध्यक्ष भट्टको भनाई छ ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरले गत बर्ष मंसिरमा बक्स कल्र्भट पुल निर्माणका लागि ठेक्का आब्हान गरेको थियो । १३ मंसिर ०८१ असार मसान्तभित्रै १ करोड ५२ लाख लागतमा पुल निर्माण कार्य सम्पन्न गर्नका लागि महरा न्यू जोशी जेभी कम्पनीसंग सम्झौता गरेको थियो ।
१४ मिटर लम्बाई, तटबन्ध, कालोपत्रे, ¥यालिङ्ग सहितको पुल निर्माण कम्पनीले समय अवागै निर्माण गरेको छ । मंसिर दोस्रो सातादेखि शुरु गरेको काम असार दोस्रो साता सम्पन्न गरेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
उक्त पुल निर्माण स्थलका इन्चार्ज समेत रहेका सडक डिभिजन कार्यालय महेन्द्रनगरका सव ईन्जिनियर भोजराज रानाले पुल निर्माण कार्य सम्पन्न भएको बताए । ‘पुल निर्माण कार्यालयले दिएको मापदण्ड अनुरुप गुणस्तर बलियो निर्माण भएको छ, ‘उनले भने, ‘खोलाको उच्च पानीको बेग, परिमाण थेक्न सक्ने स्तरको पुल निर्माण गरिएको छ ।’
पुर्वपश्चिम महेन्द्रराजमार्ग निर्माण भएको बषौँपछि सुडामा पुल भत्किएकाले स्थानीय सहित यात्रुलाई जोखिम मात्रै होईन,मानिसले ज्यान गुमाउने, घाईतेदेखि सवारी साधनमाथि क्षति बेहोर्नु परेकोे थियो ।
यसरी सबै निर्माण व्यवसायी सम्झौता अवागै काम सम्पन्न गरेपछि जिल्लाको दीगो विकासले आयाम ल्याउने नागरिकको भनाई छ ।
स्थानीय समेत रहेका बेदकोट नगरपालिका कार्यपालिका सदस्य पवन नेपालीले असारमा भत्किएको पुल अर्को असार एक बर्षमा पुर्ननिर्माण भएपछि स्थानीयदेखि यात्रुलाई सहज भएको बताए ।
‘भत्किएको पुल क्षेत्रका स्थानीयलाई धुवाधुलोले हैरानी थियो, ‘उनले भने, ‘यात्रुलाई पनि जोखिम थियो, अहिले सुविधा भएको छ ।’कञ्चनपुर उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष सुरेश सिह गुरुङले पुल भत्किएपछि सानादेखि ठुला सवारी साधन गुडाउन समस्या भएपनि अहिले सुविधा भएको छ ।
‘डार्ईभर्सनले पैदल, सार्वजनिक सवारी साधनका यात्रुदेखि ठुला मालबहाकवालाहरुलाई समस्या थियो, ‘उनले भने, ‘अहिले पुल निर्माण भएपछि सवारी साधन गुडाउन सहज भएको छ ।
Comments are closed.