भीमदत्त उपप्रमुख लेखकको विषेश पहलमा विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लखकको विषेश पहलमा आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका विद्यार्थीहरूलाई लक्षित गर्दै आवश्यक शैक्षिक सामग्री वितरण गरिएको छ । भीमदत्त नगरपालिकाका नगर उप–प्रमुख नीलम लेखकले विद्यार्थीहरुलाई सामाग्री हस्तान्तरण गर्दै शिक्षा सबैका लागि सर्वसुलभ र गुणस्तरीय हुनुपर्छ भन्ने दृष्टिकोणसहित यस्तो कार्यक्रम अघि बढाइएको बताइन ।

‘हामी शिक्षा प्रणालीलाई सबै वर्गका बालबालिकाका लागि पहुँचयोग्य बनाउन चाहन्छौं । विपन्नता कारण कोही पनि बच्चा विद्यालय जानबाट बञ्चित नहोस् भन्ने हाम्रो प्रयास हो ।’उनले भनिन ।नगर उपप्रमुख लेखकले आर्थिक अभावका कारण पढाईमा कुनै समस्या आए सक्दो सहयोग गर्न आफू तयार रहेको प्रतिवद्वता व्यक्त गरिन ।

लक्ष्मि मावी बागफाँटा प्रधानाध्यापक परमानन्द नाथले उपप्रमुखको सक्रियतामा आज विपन्न गरिव विद्यार्थीहरुले शैक्षिक सामग्रीहरु पाएको बताए । विगतका दिनमा पनि उपप्रमुुखले शिक्षाको क्षेत्रमा राम्रो काम गरेको र आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको उनले बताए ।

मंगलवार गरिव बिपन्न परिवारका जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण गरिएको हो । नगरका सबै वडामा रहेका सरकारी विद्यालयहरूमार्फत आएको आवेदनका आधरमा विद्यार्थीहरूलाई झोला, कापी, कलम, पेन्सिल, जस्ता शैक्षिक सामग्री प्रदान गरिएको हो ।

नगरपालिकाले यसअघि पनि छात्रवृत्ति, पोशाक वितरण, भौतिक संरचना निर्माण तथा शिक्षण गुणस्तर सुधारजस्ता विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

विद्यालयका शिक्षकहरूले पनि नगरपालिकाको यस्तो प्रयासले विद्यार्थीहरूको मनोबल बढ्ने, नियमित उपस्थितिमा सुधार आउने र सिकाइ प्रभावकारिता बढ्ने विश्वास व्यक्त गरेका छन् ।

आगामी दिनहरूमा अझ बढी विद्यार्थीलाई लक्षित गर्दै शिक्षासम्बन्धी यस्ता कार्यक्रम विस्तार गरिने नगरपालिकाले जनाएको छ ।

सम्बन्धित

Comments are closed.