महेन्द्रनगर । कञ्चनपुरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । बुधवारदेखी कञ्चनपुरमा रहेको भलिबल ट्रेनिङ सेन्टरमा सुरु भएको उक्त खेलमा १२ वटा टिमको सहभागिता रहेको छ ।

कञ्चनपुर जिल्ला भलिबल संघको आयोजना रहेको खेलमा पहिलो हुने टिमलाइ नगद १ लाख १ हजार १ सय ११, द्धितिय हुने टिमलाई नगद ५१ हजार १ सय ११ र तृतिय हुने टिमलाई ३१ हजार १ सय ११ रुपैया नगद पुरस्कार र ट्रफी, मेडल प्रमाण पत्रहरु प्रदान गरिने आयोजकले जनाएको छ ।

साथै अन्य विभिन्न विद्यामा पनि खेलाडीहरुलाई पुरस्कारको व्यवस्था रहेको छ । विश्व भलिबल दिवसको उपलक्ष्यमा रहेर यो कार्यक्रमको आयोजना गरीएको कञ्चनपुर जिल्ला भलिबल संघका अध्यक्ष श्याम सिंह मौनीले जानकारी दिए ।

खेलकुदको माध्यमबाट युवाहरुमा उर्जा, एकता, अनुसासन, सकारात्मक सोचको विकास गर्ने उदेश्यले यो प्रतियोगिताको आयोजना गरिएको उहाँले बताए । प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल भलिबल संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष हरकसिह धामीले प्रतियोगिताले भलिबलका खेलाडीमा उत्साह थप्नेदेखिका नयाँ खेलाडी उत्पादन हुने बताए ।
भलिबल संघका बरिष्ठ उपाध्यक्ष धामीले भलिबल खेलकुद बृद्धि विकासका लागि सरकारी निकायबाट सहयोग अपरिहार्य रहेको बताए । राष्ट्रिय खेलकुद परिषद प्रशिक्षण तथा तालिम केन्द्र उपनिर्देशक समेत रहेका मुख्य भलिबल प्रशिक्षक जगदिश प्रशाद भट्टले गाँउ गाँउमा भलिबलका खेलाडी उत्पादनमा टेवा पुग्ने बताए ।
देशको राष्ट्रिय खेल भलिबल भएको तथा जिल्लाभित्र भलिबल खेलाडीहरु धेरै रहेकाले युवा खेलाडीहरुको मनोबल बढाउन प्रतियोगिताको आयोजना गरिएको बताए ।
जिल्ला भलिबल संघ कञ्चनपुरका महासचिव उत्तम विष्टले प्रतियोगितामा विभागिय, आयोजक सहित १२ टिमविच प्रतिस्पर्धा हुने बताए ।
Comments are closed.