महेन्द्रनगर । कैलालीको गोदावरी नदीमा बाढी आएपछि फसेका ६ जनाको उद्धार गरिएको छ।बुधवार श्राद्ध गर्न गएका कञ्चनपुरको झलारीका ६ जनाको उद्धार गरिएको हो।
काठे पुल नजिक नदीको बिच भागमा श्राद्ध गरिरहेका उनीहरू गोदावरी नदीमा एक्कासि बाढी आएपछि फसेका थिए।उनीहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त सहयोगमा सकुशल उद्दार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रण बहादुर चन्दले बताए।
उद्दार गरिएकाहरुमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–६ बस्ने ६५ वर्षीय पल्लु सार्की, सोही ठाउँका ६५ वर्षीय भागेश्वरी सार्की, १२ वर्षीय योगेश सार्की, ३५ वर्षीय बिकट सार्की, ३५ वर्षीय बिर सार्की र बेदकोट नगरपालिका – ७ का २८ वर्षीय अब्दुल सार्की, रहेका छन्।
Comments are closed.