महेन्द्रनगर । सन्जिवनी नेपालले जलवायु अनुकुलन कार्यविधी तथा रणनितिमा तेस्रो पटक छलफल गरेको छ । पहिलो छलफल २०८१ मंसिर १३ गते दोस्रो छलफल २०८१ पौष ९ गते भएको थियो भने, बुधवार पनि विधायन समिति संग छलफल भएको हो ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, उपप्रमुख निलम लेखक, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यलगायतहरु संग जलवायु अनुकुलन कार्यविधी तथा रणनितिमा छलफल गरिएको हो । नगर प्रमुख एवम कार्यक्रमका प्रमुख अतिथी बोगटीले यो कार्यविधीले भने बमोजिम काम गरिने र यस्मा थप तथा हटाउनु पर्ने विषय कानुन अधिकृतले हेरेर काम गर्न निर्देशन दिनु भयो ।

उहाँलले विगतका दिनहरुमा पनि यो विषयमा छलफल भएको हुँदा फेरी केही थप्न र हटाउनु पर्ने बुँदा भए यथासिघ्र यसमा काम गर्न कानुन अधिकृतलाई निर्देशन दिनु भयो ।
अहिले टेवा काठमाण्डौ डिसिएको आर्थिक सहयोगमा कार्यक्रम भीमदत्त नगरपालिकामा संचालन भई रहेको छ ।जलवायु अनुकुलन कार्यविधी बनाएर विधायक समितीसंगको विगत र आज भएको छलफलबाट अन्तिम रुप दिईने संस्थाका कार्यकारी निर्देशक नितु भट्टले बताउनु भयो ।
आज पसिन केही बुँदाmाई संसेधन गर्ने भन्ने सुझाव आएको हुँदा ती बुँदालाई कसरी सम्बोधन गर्न सकिन्छ र यो विधायन समितीले अन्तिम रुप दिएपछि कार्यपालिकाबाट पारित गर्ने गरी केही बुँदा थप घट गर्ने गरी आजको यो कार्यक्रम गरिएको बताउनु भयो ।
साथै, जलवायु परिवर्तनबाट समुदायहरू प्रभावित भइरहेको अवस्थामा त्यसको सामना गर्न स्थानीय स्तरमा जलवायु अनुकुलन कार्य विधी आवस्यक रहेको भएर उक्त विषयमा छलफल भएको हो ।
जलवायु अनुकुलन अनुसार नितिनियमहरु हुनुपर्ने र त्यो नभएको पाईएको अवस्था पछिल्लो समयमा भीमदत्त नगरपालिका पनि यसको असरबाट बढी प्रभावित भएको भएर यो निर्माण गर्नुपर्ने अवस्थामा पहिलो चरणमा कार्य विधी माथी छलफल भएको बताउनु भयो ।
भीमदत्त नगरपालिकाका विपद सम्पर्क व्यक्तीे मनोज प्रशाद भट्टले नगरपालिकाले स्थानिय जलवायु अनुकुलन २०८१ बनाई रहेको अवस्थामा ग्रामीण भेगमा रहेका महिला, बालबालिका, एकल महिला, जेष्ठ नागरिक, अपाङगताभएका हरु बढी प्रभावित हुने भएकाले यस्को अति नै आवस्यक रहेको बताउनु भयो ।
भिमदत्त नगरपालिकामा पनि वर्षातको समयमा बाढी आउने त्यसबाट माथी उल्लेखित समुदाय बढी प्रभावित हुने भएकाले कार्यविधी बनाइए पछि काम गर्न पनि सजिलो र प्रभावितलाई सहजता हुने बताउनु भयो ।
Comments are closed.