महेन्द्रनगर । कञ्चनपुरमा नदि तटिय क्षेत्रमा बस्ने स्थानियहरु अनिदोमा रात काट्न बाध्य छन् ।अहिले वर्षायाममा स्थानिय खोला नालानदिमा पानीको वहाव बढेर बाढी आउने, डुवान हुने समस्या रहेको छ ।
स्थानिय नदी बनहरा, काङ्गला, दोदा, लगायत महाकाली नदीमा बाढी आएपछि रातीमा जागाराम बस्नु पर्ने बाध्यता रहेको छ ।
वर्खायाममा नदीमा पानीको बहाव बढ्दा आउने बाढीका कारण धनजनको क्षती बेहोर्नु पर्ने अवस्था रहेको छ ।कंचनपुरको दोधारा चादनी ८ नम्वर पिल्लर, कुतियाकबरमा जगबुढा नदी र महाकाली नदिमा पानीको बहाव बढ्दा आउने बाढीका कारण स्थानीयहरु त्रासमा बस्न बाध्य छन् ।
हरेक बर्ष बाढीले आफू हरुको घर, अन्न लत्ताकपडाहरु बगाउने गरेको दोधारा चादनी कुतियाकबरका स्थानिय आकृति कसेराले बताउनु भयो ।
आफुहरुलाई हरेक वर्ष बाढी डुवानले सताउने गरेको भएपनि कसरकारले दीर्घकालीन समस्या समाधाना योजनाहरु ल्याउन नसकेको भन्दै उहाँले दुख व्यक्त गर्नु भयो ।
यस्तै बर्सेनि बाढीकै कारण आफुहरुलाई खान लाउन समेत समस्या हुने गरेको अर्का स्थानीय कैलालीका दानबिर लुहारले बताउनु भयो ।
हरेक बर्ष बाढी र डुवानका कारण आफूहरुले दुख भोग्नु परेको भन्दै यो वर्षमा पनि त्यस्तै समस्या आउँछ कि ? भन्ने ठुलो पिरलो रहेको स्थानीयहरुले दुख व्यक्त गरे ।
भुजेलाका महाबिर सुनारले हरेक बर्ष बाढीले आफनो घर जल मग्न हुने अन्नबालिमा पनि नोक्सानी हुने गरेको बताउनु भयो ।
गृहमन्त्री रमेश लेखकले आइतबार कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा निर्माणाधीन बाँधको अनुगमन गर्ने क्रममा स्थानियहरुले यो वर्ष विगतको जस्तो डुवान र बाढीको पिडा खेप्न नपरोस भनेर आफनो पिडा सुनाएका थिए ।
गृहमन्त्री लेखकले स्थानियको घरमा बाढी जान नपरोस भनेर निर्माण कम्पनी सम्बन्धित व्यक्तीहरुलाई कडाका साथ निर्दशन दिनुभएको थियो ।
साथै उनिहरुले समयमै आफ्नो उचित ब्यवस्थापन समेत हुने बिश्वास लिएका छन् ।
तीन तहका सरकारले दीर्घकालिन रुपमै प्राकृतिक विपद्को उचित व्यवस्थापनमा ध्यान दिए नदी तटिय क्षेत्रका बासिन्दाहरुले राहतको श्वास फेर्न पाउने छन् ।
Comments are closed.